2026-07-09 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले भन्यो: काम गर्न नसकेको दिन हाम्रो पार्टी सत्ताबाट हट्नेछ

फागुन २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जनताको आकांक्षा पूरा गर्न नसकेको दिन आफ्नो पार्टी सरकारबाट बाहिरिने प्रष्ट पारेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा केही गरौं भन्ने हुटहुटी रहेको र आफ्नो पार्टीको पनि एउटै उदेश्य जनतालाई सेवा दिनु भएको हुँदा सरकारमा सहभागी भएको जिकिर गरे ।

उनले भने– ‘म उहाँहरूलाई भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टी हिजो अरू पार्टीले गरेजस्तो गल्ती गर्न आएको छैन, तपाईँहरू ढुक्क हुनुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको चौथो ठुलो पार्टी हुँदाखेरी पनि नेतृत्व गर्न सकिन्छ, परिवर्तन गर्न सकिन्छ र तमाम हाम्रा राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ भन्ने विश्वासका साथ आएको छ, जुन दिन त्यो काम गर्न सक्दिन भन्ने लाग्छ, त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताबाट हट्नेछ ।’

उनले आफ्नो दल हिजो प्रश्न गर्ने ठाउँमा रहेको भन्दै आज जवाफ दिने ठाउँमा आएको उल्लेख गर्दै प्रश्नबाट भाग्न नपाइने उल्लेख गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्नेहरूले दल सरकारमा जानु हुने थियो कि थिएन भने प्रश्न गरिरहेको अवस्था रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव