१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थतन्त्र अझै पनि संकटग्रस्त छ : डा. वेदुराम भुषाल

२४ फाल्गुन २०८०, बिहीबार ११:३७

फागुन २४, काठमाडौँ | राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताए ।

उनले अर्थतन्त्रको समस्या गम्भीर चुनौतिको रुपमा रहेको जिकिर गरे । उनले अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताए ।

उनले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा प्रश्नहरु उठिरहेको बताए । उनले अहिलेको समीकरण फेरि परिवर्तन नहुने गरी अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘आज मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा छ । अस्तिको दिनसम्म म आफैँ सरकारमा थिएँ । प्रधानमन्त्रीसँग पटकपटक छलफल गरेका छौँ । अर्थतन्त्रका केही केही सूचकांकहरु खासगरी वाह्य सूचकांकहरुमा सुधार देखिएको छ । तर पनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्याहरु छन् । एउटा गम्भीर चुनौतिको रुपमा यतिबेला हाम्रो अर्थतन्त्र संकटमा छ । यसलाई समाधान गर्नका निम्ति यो सरकार सफल बनोस् ।’

उनले बेरोजगारी, शिक्षा र स्वास्थ्यको समस्या देशमा धेरै नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय