२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थानको सुधार

२ चैत्र २०८०, शुक्रबार १०:३६

चैत २, काठमाडौँ | नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो ।

यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो । त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औं स्थानसम्म झरेको थियो ।


नेपाली महिला टिमले हालै साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेर गरेको उत्कृष्ट प्रदर्शनपछि फिफा वरीयतामा सुधार आएको हो । फिफा वरीयतामा छिमेकी देश भारतीय महिला फुटबल टिम ६६औ स्थानमा रहेको छ । 

त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा भने स्पेन रहेको छ । त्यस्तै इङल्याण्डले दुई स्थानको सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो र यसअघि दोस्रो स्थानमा रहेको अमेरिका चौथो स्थानमा झरेको छ ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य