२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

किशोरको सुसाइड नोट : भाइको इच्छा पूरा गरिदिन रवि लामिछानेसँग आग्रह

२०८०, ६ चैत्र मंगलवार ०९:३४

चैत ६, सर्लाही | बुधबारदेखि वीरेन्द्रनगरबाट सम्पर्कविहीन भएका अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनाल शनिबार झुण्डिएको अवस्थामा फेला परे । वीरेन्द्रनगर नगरपालिका–४, को पर्यटकीय स्थल सहिदपार्कको गेट नजिकै उनी मृत फेला परेका हुन् । 

उनको हत्या गरिएको हो वा आफैँले आत्महत्या गरेका हुन् भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, उनको पाकेटमा भने प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले उनको पाकेटमै उक्त नोट फेला परेको हुनाले उनले नै लेखेको हो कि भन्ने अनुमान प्रहरीले गरेको बताए । यद्यपि उक्त नोटबारे पनि अनुसन्धान भइरहेको छ ।


प्रहरीका अनुसार ती किशोर वीरेन्द्रनगर स्थित साउथ एसिएन बोडिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका उनी सम्पर्क विहीन भएका थिए । 

सुसाइड नोटमा उनले आमा, बुबालाई सम्बोधन गरेका छन् भने वर्तमान गृहमन्त्री रवि लामिछानेलाई समेत सम्बोधन गरेका छन् । लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गरिएको छ, नोटमा । साथै उनले भाइको इच्छा पूरा गरिदिन आग्रह गरेका छन् । साथै लामिछानेलाई ०८४ सालमा प्रधानमन्त्री हेर्न मन भएको तर नपाएको पनि उल्लेख छ । 

परिवारको अवस्था निकै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको शिकार भएको उक्त नोटमा लेखिएको छ । सुसाइड नोटमा भनिएको छ, ‘आमा हजुरको उपचार गर्ने मन थियो, बुबा हजुरको पिल्लर, जग बन्ने मन थियो, सकिन माफ गर्नुहोला । छोरा मर्‍यो नसोच्नुहोला, अर्को छोरा छ भन्ने धारणा मनमा राख्नुहोला ।’ परिवारलाई खुसी बनाउन आएको तर, सानै उमेरका आफू यो अवस्थामा पुगेको भन्दै सबै परिवारलाई सम्झिएको कुरा उल्लेख छ ।

बाबुआमा भारतमा काम गर्दै आइरहेको र छोरा ठुलो मान्छे बनेको हेर्ने रहर आफ्ना बाबुआमाको रहेको बताइएको छ । तर मानसिक बिरामी भएका कारण यो सपना पुरा गर्न नपाएको कुरा पनि उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ