2026-07-09 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले बारा अधिवेशन : ५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान

चैत २३, बारा | नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दिुई जनासहित ११ जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक जना सचिव पदका लागि एम समिउल्लाह, अमृत शर्मा बजगाई (सुजन) र भिखारी साह विद्रोहीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोकुल घोरसाईनेले जानकारी दिए । 

दुई जना उपसचिव पदका लागि खुल्ला र महिलातर्फ गरी चार जनाको उम्मेदवारी परेको छ । जसमा जवाहिर अंसारी र धनिराम चौधरी गरी चार जनाले खुल्ला तर्फ उम्मेदवारी परेको छ भने महिला तर्फ कमला घिमिरे र भावना आर्चायले उम्मेदवारी दिएका छन् ।

एमालेको जिल्ला कमिटी ५ पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुनेछ जसमध्य अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १२५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ भने बार्की दश जनालाई मनोनित गरिने बताईएको छ । 

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे हुदाँ निर्वाचन तालिका भन्दा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ । अन्तिम नामावली प्रकाशित भईसकेको हुँदा भोली शुक्रबार बिहान ८ बजेदेखि मतदान हुने प्रमुख निर्वाचनअधिकृत महम्मद रफिक मियाँले बताए । अधिवेशनमा १६ पालिकाबाट आठ सय ३० जना प्रतिनिधिहरू मतदाता रहेका छन् । 

नेताहरुले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाएपनि भित्रभित्र आफ्नो गुटको पक्षमा लबिङ गरेकाले मतदानबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पार्टी वरिष्ठ अपाध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरुले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशन स्थलमा सहभागी नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

नेकपा एमालेका नेता तथा कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले उमेदवारी दर्ता नगर्न दवाब दिएको भण्डारीले बताए । ‘म केही समयबाट अध्यक्ष पदका निम्ती तयारी गरिरहेको थिए, तयारी राम्रो थियो तर मनोनयन दर्ताको एकदिन अघिबाट नेताहरुले दवाब दिए । कतिसम्म भने अध्यक्ष ओलीबाट समेत फोन आएपछि मैले मनोनयन दर्ता गरिन ।’ भण्डारीले भने, जिल्ला कमिटी बनाउन बालकोट सचिवालयबाट चलखोल भईरहेको छ ।

अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेले आफूले पार्टीलाई अनुकुल बनाउन तिन पटक अध्यक्षको पदका निम्ती प्रयास गर्दा समसहमतका निम्ती तिनै पटक सचिब भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको, पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल अध्यक्ष भई काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

अर्का उम्मेदवार टिना सुवेदीले पार्टीलाई थप बलियो बनाउन आफू अध्यक्षमा आउन चाहेको बताएकी छिन् । निवतमान जिल्ला उपाध्यक्ष सुवेदीले महिलालाई जिल्लाको नेतृत्वमा गएर काम गर्नसक्छन भने अदाहरण बन्न र जिल्लामा रहेर निकै लामो समय काम गरेका कारण यो पटक अध्यक्षमा दावी गरेको बताईन । निवतमान जिल्ला उपाध्यक्ष सुवेदी अध्यक्ष ओली निकट मानिन्छन् । 

एमाले मधेश प्रदेशका सचिब मनोज पौडेलले भने,‘प्रदेश अधिवेशन सहमतिमा गर्ने मुख्य नेताहरूको पहल निकै भएको हो । तर, अब सम्भव नहुने अवस्थामा आइपुगेको छ । सायद अब मतदाननै हुन्छ । निर्वाचनमा प्रदेश अध्यक्षका लागि पार्टीका नेताहरू पाण्डे र सुवेदीले स्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ ।’

बारामा ओली निकट मानिने एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वाला साह एक तर्फ छन । अध्यक्षका उम्मेदवार टिना सुवेदी पोलिटब्युरो सदस्य मैनालीका श्रीमती हुन भने सचिव पदका उम्मेदवार अमृत शर्मा बजगाई (सुजन) पोलिटब्युरो सदस्य ज्वाला साहका श्रीमान हुन । उनीहरुलाई परिवारबादमा लागेको आरोप समेत मतदाताले लगाएका छन ।  उनीहरुको जिल्लामा व्यापक बिरोध समेत भईरहेको छ ।   

यता एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल अर्को तफ रहेका छन । उनले अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेलाई समर्थन गरेका छन । नेकपा एमालेका नेताहरु आफुनिकटका व्यक्तीहरूलाई अध्यक्षमा जिताउने रणनीतिमा सक्रिय बनेका छन । कतिपयले यो निर्वाचनलाई नेताहरुको शक्ति परीक्षणको रुपमा पनि हेरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो