चैत २३, तनहुँ | राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद जाने भएका छन् ।
भिमाद नगरपालिका–६ स्थित जनज्योती क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उदघाटनका लागि राष्ट्रपति पौडेल भिमाद जाने भएका हुन् ।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट भिमाद आउने छन् । बिहान ११ बजे जनज्योती क्याम्पस परिसरमा कार्यक्रम सुरु गर्ने गरी तयारी गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए ।