कात्तिक ७, धनगढी । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् । 

भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, धनगढी । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् । 

भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केराले बजार नपाउँदा कृषक समस्यामा

२०७३, ७ कार्तिक आईतवार १०:५२

कात्तिक ७, धनगढी । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् । 

भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो परिमाणमा भित्रिन थालेपछि स्थानीय केराखेती कृषक आफ्नो उत्पादनले उचित मूल्य पाउन नसकेर समस्या परेका हुन् । 

‘भारतीय सरकारले त्यहाँका कृषकलाई सिँचाइ, मल, बीउ लगायतमा अनुदान दिने गरेकोले उत्पादन लागत पनि यहाँको केराको तुलनामा कम हुन्छ, स्थानीय केराखेती कृषक लछीराम आचार्य भन्नुहुन्छ —“नेपालमा यस्तो सुविधा नहुँदा उत्पादन लागत बढ्ने हुँदा स्थानीय केराले उचित मूल्य पाउन नसकेको हो ।” 

भारतबाट भित्रिने काँचो केरा प्रति दर्जन २५ रुपैयाँमा स्थानीय बजारमा बिक्री वितरण भइरहेकोमा कैलालीलगायत आसपासका कृषकले उत्पादन गर्ने केराको उत्पादन लागत नै २८ रुपियाँ पर्ने गरेको कृषकले बताएका छन् । 

भारतबाट भित्रिने केराले कैलालीसहित सुदूरपश्चिमको पहाडी क्षेत्रमा समेत बजार ओगटेपछि यहाँ उत्पादित केरा खेतमै सुक्न थालेको गुनासो कृषकको छ । 

स्थानीय कृषकले भारतीय केराको आयातमा रोक लगाउनुपर्ने, कम गुणस्तरका केराको क्वारेन्टाइन जाँचमा कडाइ गरिनुपर्ने माग राख्दै केही दिनअघि कञ्चनपुरको गड्डाचौकी नाकामा विरोध स्वरुप काँचो केरा सडकमा फ्याँकेका थिए । 

यसैगरी कैलालीका कृषकले प्रमुख जिल्ला अधिकारीलाई केही दिन अघि ज्ञापनपत्र बुझाउँदै केराको समस्या समाधान गर्न माग गरेका थिए । केरा विकास सञ्जालका सल्लाहकार कृषक लछीराम आचायको आरोप छ – ‘भारतीय व्यापारीसँगको मिलेमतोमा भन्सारमा बसेका क्वारेन्टाइन चेकपोस्टका कर्मचारीले कम गुणस्तरका केरा भित्र्याउनमा सहयोग गरिरहेका छन् ।’ 

बीस बिगाहा जमिनमा केराखेती गरिरहेका कृषक आचार्य आफ्नो खेतमा उत्पादित केरामध्ये २५ प्रतिशत केराले बजार पाउन नसकेको गुनासो गर्नुहुन्छ । तर भारतबाट आउने केराको क्वारेन्टाइन जाँचका बेला कर्मचारीको मिलेमतोमा कम गुणस्तरका केरा आयात गर्ने काम भएको भन्नेबारे थाहा नभएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवाराज पाण्डेको भनाइ छ । 

कैलालीको अत्तरिया, टिकापुर, चौमाला, राजीपुर, लालपुर, जोशीपुर फुलबारी, भजनीलगायतका क्षेत्रमा गरी करिब एक हजार भन्दा बढी हेक्टर जमिनमा केराखेती हुनेगरेको छ । 

जिल्लामा उत्पादित केरा सुदूरपश्चिमको पहाडी जिल्लासहित बाँके, सुर्खेत, दाङ र काठमाडौँसम्म बिक्री हुनेगरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन