2026-07-09 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, तीनजना पक्राउ

बैशाख ३, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ‌।

झगडा छुटाउन गएको बेला सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पूर्व सांसद साहमाथि गएराति ११ बजे एक समूहले आक्रमण गरेको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।


आक्रमणमा संलग्न स्थानीय आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य व्यक्तिको खोजी भइरहेको छ ।

‘पूर्व सांसद साहमा मजदुरी गर्ने राजेन्द्र महतो मकै बालीमा पानी हालेर फर्किने क्रममा विवाद भएको थियो’, डिएसपी श्रेष्ठले भने, ‘झगडा छुटाउन पूर्व सांसद साह झगडा छुटाउन पुगेपछि उनैमाथि आक्रमण गरियो ।’

पूर्व सांसद साहले आक्रमणमा संलग्नहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् ।आक्रमणबाट घाइते साहको सुरुमा हरिपुरकै अमृत हेल्थकेयरमा उपचार भएको थियो । त्यसपछि साह आफै थप उपचारको लागि भन्दै आइतबार दिउँसो जनकपुर गएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो