बैशाख ३, काठमाडौं | ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको तेस्रो विकेट लिएको छ ।
हङ्कङले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अन्शु रथलाई गुमाएको हो । उनललाई गुलसन झाले उत्कृष्ट रन आउट गराएका थिए ।
पेभेलियन फर्किनुअघि अन्शुले २६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । ९ ओभरको खेल सकिँदा हङकङ ३ विकेट गुमाएर ६७ रन बनाएर खेलिरहेको छ।