2026-07-26 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सेमिफाइनलमा नेपाल युएईसँग खेल्ने सम्भावना

बैशाख ४, काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले सेमिफाइनल खेल युएईसँग खेल्ने सम्भावना बढेको छ ।

यही प्रतियोगिता अन्तर्गत मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएको छ । कतारको जितले बुधबार साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । समूह ए मा नेपालबाहेक अन्य कुनैपनि टोलीले ६ अंक जोड्न सक्ने छैनन् ।

समूह ए बाट अन्य सबै चार टोलीको नै सेमिफाइनल खेल्ने अंक गणीतिय सम्भावना छ । चारमध्ये एउटा टोली ४ अंकका साथ नेट रनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नेछ ।

नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ ।

समूह बीमा सोमबार ओमानले युएईमाथि ९ विकेटको शानदार जित हात पारेको थियो । उक्त नजिताले अब ओमान समूह बी को विजेता र युएई उपविजेताको रुपमा सेमिफाइनल खेल्ने सम्भावना बलियो छ ।

समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

बुधबार ओमानले कुवेत र युएईले कम्बोडियासँग खेल्नेछन् । ओमान र युएई दुबै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र युएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।

नेपाल समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन् ।

बुधबार हङकङ र मलेसियाबीचको खेलमा फराकिलो जित हात पार्न सक्ने टोली सेमिफाइनलमा पुग्नेछ ।

अथवा साउदी नेपालसँग पराजित र हङकङ झिनो अन्तरले विजयी हुँदा कतार सेमिफाइनल खेल्नेछ । सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ ।

प्रतियोगिता विजेताले टी२० एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ