३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सेमिफाइनलमा नेपाल युएईसँग खेल्ने सम्भावना

४ बैशाख २०८१, मंगलवार ११:३२

बैशाख ४, काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले सेमिफाइनल खेल युएईसँग खेल्ने सम्भावना बढेको छ ।

यही प्रतियोगिता अन्तर्गत मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएको छ । कतारको जितले बुधबार साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । समूह ए मा नेपालबाहेक अन्य कुनैपनि टोलीले ६ अंक जोड्न सक्ने छैनन् ।

समूह ए बाट अन्य सबै चार टोलीको नै सेमिफाइनल खेल्ने अंक गणीतिय सम्भावना छ । चारमध्ये एउटा टोली ४ अंकका साथ नेट रनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नेछ ।

नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ ।


समूह बीमा सोमबार ओमानले युएईमाथि ९ विकेटको शानदार जित हात पारेको थियो । उक्त नजिताले अब ओमान समूह बी को विजेता र युएई उपविजेताको रुपमा सेमिफाइनल खेल्ने सम्भावना बलियो छ ।

समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

बुधबार ओमानले कुवेत र युएईले कम्बोडियासँग खेल्नेछन् । ओमान र युएई दुबै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र युएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।

नेपाल समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन् ।

बुधबार हङकङ र मलेसियाबीचको खेलमा फराकिलो जित हात पार्न सक्ने टोली सेमिफाइनलमा पुग्नेछ ।

अथवा साउदी नेपालसँग पराजित र हङकङ झिनो अन्तरले विजयी हुँदा कतार सेमिफाइनल खेल्नेछ । सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ ।

प्रतियोगिता विजेताले टी२० एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट