2026-07-09 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गगन थापाको दाबी: एमाले-माओवादीको गठबन्धन आगामी माघसम्म रहँदैन

बैशाख ८, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले-माओवादीको गठबन्धन आगामी माघ महिनासम्म नरहँने दाबी गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम-२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए ।

गगनले भने, ‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ । चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्छ । हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसँग सँगै रहन चाहन्थ्यौं । तर, हाम्रो चाहनाले मात्रै भएन । आज नेकपा एमाले, माओवादीलगायत दलहरू मिलेर आएका छन् । उनीहरू मितेरी साइनो मात्र नभएर रगत पनि एउटै भएको बताउँछन् । म कमस खाएर भन्दिनँ । तर, दाबीका साथ इलामेली जनताकासामू भन्छु- गठबन्धनले २०८१ सालको माघ कटाएछ भने म फेरि जवाफ दिन आउनेछु ।’

उनले चुनावअघि गठबन्धन मतदातालाई धोका र बेइमानी भएको टिप्पणी गरे ।

साथै, कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई मतदान गर्नसमेत अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो