बैशाख ८, काठमाडौँ | नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ | एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलका लागि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।
नेपालले आजको खेलमा पनि खराब सुरुवात गरेको थियो । सन्दीप जोराले २२,कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्बाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एक एक विकेट लिएका थिए ।