2026-07-09 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मदन भण्डारीलाई सम्झेर भक्कानिइन् विद्यादेवी भण्डारी

बैशाख १०, काठमाडौं | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन् । सोमबार एमालेले नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन् ।

उनले श्रीमान् नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएकी थिइन् । मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन् । 

उनले भनिन्- 'नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो। नेकपा एमालेको प्रेरणा , प्रोत्साहन एवं कार्यकर्ता सदस्य यथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिक सक्रिय रुपमा लाग्ने परिवेश निर्माण भएको हो ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो