२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु, १३० को उद्धार

१४ बैशाख २०८१, शुक्रबार ०८:२५

बैशाख १४, काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९ जनाको मृत्यु भएको थियो ।

ह्वेल फेरि किनारमा आउने डरले स्पटर प्लेन र धेरै डुङ्गाहरू मार्फत निगरानी भइरहेको छ । समुद्री वैज्ञानिकका अनुसार समुद्री तटमा आएपछि पाइलट ह्वेलहरू सामान्यतया ६ घण्टासम्म मात्र बाँच्न सक्षम हुन्छन् ।

वाइल्ड लाइफ सर्भिसले मृत पाइलट ह्वेलका नमूनाहरू सङ्कलन गरी परीक्षण गर्ने बताएको छ । यी ह्वेलहरू किनारमा किन आए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन । यसमा प्रायः  महिला व्हेल र तिनीहरूका बच्चाहरू समावेश थिए ।


सामान्यतया जब ह्वेल बिरामी हुन्छ वा किनारमा फसेको हुन्छ, अन्य पायलट ह्वेलहरू पनि उद्धार गर्न आउँछन् ।

गत वर्ष दुई देशमा सयभन्दा बढी पाइलट ह्वेल मरेका थिए ।

पछिल्ला केही वर्षयता अस्ट्रेलिया र न्युजिल्याण्डको तटीय क्षेत्रमा पाइलट ह्वेलको मृत्यु हुने घटना लगातार बढ्दै गएको छ । गत वर्ष जुलाईमा पनि करिब १०० पाइलट ह्वेल अस्ट्रेलियाको तटमा पुगेका थिए । जसमध्ये ५१ जनाको मृत्यु भएको थियो । स्कटल्याण्डमा पनि गत वर्ष ५५ पाइलट ह्वेल मारिएका थिए ।

सन् २०२२ मा न्युजिल्याण्डमा भएका दुई छुट्टाछुट्टै घटनामा झण्डै ५०० पाइलट ह्वेलको यस्तै प्रकारले मृत्यु भएको थियो । त्यस्तै सन् २०२० मा अस्ट्रेलियाको तस्मानियामा ४५० भन्दा बढी पाइलट ह्वेलको मृत्यु भएको थियो ।

पायलट ह्वेल समुद्री डल्फिनको एक प्रजाति हो जुन समूहमा यात्रा गर्दछ । तिनीहरू समुद्र तटमा आफ्नो समूहको नेता (पाइलट) लाई पछ्याउँछन् र समूहको सदस्य घाइते हुँदा ठूलो संख्यामा उनको वरिपरि भेला हुन्छन् ।

विज्ञहरूका अनुसार पाइलट ह्वेल सधैं सँगै बस्छन्। यदि एउटा ह्वेल कतै अड्कियो भने अरु सबै पनि त्यसको पछि लाग्न थाल्छन् । यही कारणले गर्दा समुन्द्री किनारमा धेरै ह्वेलहरू एकैसाथ मरिरहेका छन्।

भनिन्छ, धेरै पटक ह्वेल किनारमा आउँछ र त्यसपछि संकटमा परेका अन्य ह्वेलहरूलाई संकेत पठाउँछ । त्यो ह्वेलबाट संकेत पाएपछि अन्य ह्वेलहरू पनि त्यसको नजिक आउन थाल्छन् र फस्छन् । ह्वेल विज्ञहरूका अनुसार पानीको सतह कम हुँदा पनि कहिलेकाहीँ तिनीहरू बाटोमा हिँड्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली