2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न सक्ने धारणा राखेका छन् ।

धम्म स्टडि एण्ड सर्पोट फाउण्डेसनले काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले भगवान गौतम बुद्धले अंगिकार गरेको विश्व शान्तिको मान्यता विश्वमा पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न पुगेको धारणा राखेकी हुन् ।

‘विश्वको एक पवित्र भूमी मध्ये बुद्धको जन्मभूमि नेपाल रहँदै आएको तथ्य सर्व विदितै छ,’, उनले भनिन् ‘बुद्धले तय गरेका अष्ठमार्गको आधारमा हाम्रो समाजको विकासक्रम अघि बढिरहेको छ भने बुद्धले पहिल्याउनु भएको चार आर्य सत्यलाई पछ्याउन सकियो भने संसारबाट दुःख निवारण हुन्थ्यो होला। जो आज पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बनेको छ ।’

उपाध्यक्ष घिमिरेले कार्यक्रमले धर्मका वास्तविक पक्ष, यसको व्यावहारिक पक्ष, र समाजमा यसको प्रभावबारे बहस र संवाद गर्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्दै धर्मका माध्यमबाट प्राप्त शिक्षाले मानिसलाई आन्तरिक शान्ति मात्र नभई समाजमा शान्ति र स्थिरता कायम गर्न मार्गदर्शन गर्नमा ठूलो योगदान पु¥याउँछ भनिन्।

उनले मानवजातीमा बढ्दै गएको अंहकारबाट छुटकारा दिलाउदै शान्त र सौम्य मानव समाजको दिगो आवश्यकताको मार्ग कोर्न समेत भूमिका खेल्ने धारणा राखिन् ।
भगवान बुद्धको अभिधर्म शिक्षाले सही दृष्टिकोण, सही विचार, सही कर्म, र सही आचरणलाई जीवनमा अवलम्बन गर्न प्रेरित गरेको पाइने र बौद्ध र्दशनबाट मिल्ने

शिक्षालाई सही रूपमा आत्मसात गर्न सकेमा हाम्रो जीवनमा शुद्धता र समाजमा सकारात्मक परिवर्तन सम्भव भएको धारणा पनि उपाध्यक्ष घिमिरेको थियो । कार्यक्रममा अभिधर्मका प्रकाण्ड विद्वान ९८ वर्षीया आचार्य सूची र भन्ते सुमनले प्रवचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक