2026-08-29 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी

जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजनीतिक परिर्वतनपछि नयँ संविधानको घोषणापछि राजनीतिको कार्यभार सकिएसँगै अब पार्टीका कमिटीहरुले विकास, समृद्धिको लागि काम गर्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी जुम्लाले शनिबार जुम्लाको खलंगामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटि सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले बदलिएको राजनीति र कार्यभार अनुसार पार्टीका तल्ला कमिटीहरुले आ–आफ्नो क्षेत्रमा नवनिर्माणको पहलकर्ता बन्नुपर्ने बताएका छन् ।

राज्यका आयोजना र स्रोत साधनको परिचालन राज्य संयन्त्रले गर्ने भएपनि ती आयोजनामा स्रोतसाधन परिचाल आवश्यक छ कि छैन वा ठिक ढंगले परिचालित भएका छन वा छैनन भन्ने विषयमा राजनीतिक दलका स्थानीय कमिटीहरुले खवरदारी गर्नुपर्ने पनि मुख्यमन्त्री कडेलको धारणा थियो ।

मुख्यमन्त्री कडेंलले योजनाको लागि सरकारले बजेट बिनियोजन गरेपनि समयमा सम्पन्न हुन नसक्दा त्यसको गलत सन्देश प्रवाह भइरहेको चर्चा गर्दैमुख्यमन्त्री कडेलले आयोजनालाई गुणस्तर बनाउन तथा समयमै सम्पन्न गर्न स्थानीय स्तरका पार्टी कमिटी तथा नेता कार्यकर्ता भूमिका हुनेमा जोड दिए । आयोजना समयमै सम्पन्न हुन सके जनताले स्याबासी दिने हुँदा गाउँठाउँमा आएका आयोजनालाई गुणस्तरीयसहित समयमा सम्पन्न गर्न सक्रियतापूर्वक लाग्दा राजनीतिक रुपमा राम्रो सन्देश प्रवाह हुने मुख्यमन्त्री कडेंललको भनाई थियो ।

मुलुक संघीय संरचनामा गइसकेपछि जनताको अपेक्षा धेरै भएकोले अपेक्षा अनुसार धेरै काम हुन नसकेपनि तर केही पनि नभएको जस्तो व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गर्दे मुख्यमन्त्री कडेलले भने,‘ओहोदामा पुग्दा जनभावना अनुसार काम गर्नुपर्छ भन्ने कुरा मलाई राम्रोसग हेक्का छ, यही सोचेर नै जिल्ला तथा स्थानीय स्तरमै पुगेर समस्या र गुनासाहरु सुनिरहेकोछु ।’

मुलुकको आर्थिक अवस्था त्यति सन्तोषजनक नरहेको चर्चा गर्दै मुख्यमन्त्री कडेलले राज्य स्वयंसँग सिमित साधन र रहेको र सिमित साधन श्रोतबाटै जनतालाई निराशा हुन नदिनेगरि उत्कृष्ट काम गर्नु परेको मुख्यमन्त्री कडेलको भनाई थियो ।

नीति, निर्माण, योजना र बजेट निर्माणमा जनप्रतिनिधिहरुको भुमिका भएपनि जनप्रतिनिधिले पास गरेका बजेट कार्यान्वयन गर्ने कर्मचारी प्रशासनको धेरै महत्व हुने बताउदै मुख्यमन्त्री कडेलले हिमाली जिल्लाहरुमा कर्मचारी आउन नमान्ने भएकाले पनि निर्णय भएको बजेट पनि कार्यान्वयनमा समस्या देखिएको धारणा राखे ।

उनले कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज बनाउन र अभिप्रेरित गर्न स्थानीय राजनीतिक दलहरुलाई आग्रह गरे । मुख्यमन्त्री कडेलले जिल्लाको विकासमा सबै राजनीतिक दलहरुबीच जति धेरै एकता हुन्छ त्यतिनै प्राप्ति हुने हुँदा विकास र समृद्धिमा एक भएर अघि बढन दलका नेताहरुलाई आग्रह गरे ।

प्रदेश राजधानी बसेर नै अरुले सुनाएको भरमा विकासका योजना बनाउनुभन्दा स्थानीय स्तरमा वास्तविक अवस्था बुझने उदेश्यले आफूले प्रदेशका सबै जिल्लामा पुग्ने उदेश्य राखेको र दशै वटै जिल्ला पुगेको पनि पनि मुख्यमन्त्री कडेलको भनाई थियो ।

जिल्लाको सार्वजनिक सेवा प्रवाह, विकास आयोजनाको अवस्था तथा, विकास निर्माणका प्राथमिकतावारे सरोकारवालासग छलफल र अन्तरक्रिया गरेसंगै आफूलाई जिल्लाको वस्तुगत अवस्थाबारे धेरै नै जानकारी भएको मुख्यमन्त्री कडेलको भनाई थियो ।

मुख्यमन्त्री कडेलले जिल्ला जादा आफुले नागरिकको सरकारप्रतिको धारणासगै बुझने र जान्ने वसर पाएको पनि बताए । व्यबस्था र दलहरुप्रति वितृष्णा फैलाउन एकथरी व्यक्तिहरु सक्रिय रहेको अहिलेको अवस्थामा परिवर्तनको पक्षमा संघर्ष गरेको दलहरुप्रति जनमत श्रृजना गर्नु पनि प्रदेश सरकारको काम हो भन्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो