२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

२०८१, २३ बैशाख आईतवार ०६:५७

बैशाख २३,  काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ ।

सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने विषय अन्योलमा परेको छ । एमाले अनिर्णित हुदा शुक्रबार र शनिबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।


यसैबीच सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । ओलीले सुदूरपश्चिम विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएका सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन् ।

गएराती ओलीले रावलसहितका नेताहरुसँग छलफल गर्दै उपनिर्वाचनबाट विजयी भएका एमाले सांसदले शपथ समेत नलिएको भन्दै अहिले विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएको बताइएको छ ।

ओली सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाएकोमा असन्तुष्ट रहेको बुझिएको छ । उनले यसअघि केबलक ४ सिट रहेको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन अस्वीकार गरिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सोडारी मुख्यमन्त्री बनेका थिए । एकीकृत समाजवादीले सुदूरपश्चिममा आफुलाई मुख्यमन्त्री नदिएमा केन्द्रमा गठबन्धन नै तोड्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले पहल गरेर सोडारीलाई मुख्यमन्त्री बनाएका थिए ।

अब सोडारीले विश्वासको मत लिन जेठ ५ गतेसम्मको समय रहेको छ ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्र को सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने