"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चेन्नईलाई पराजित गर्दै ब्याङ्ग्लोर आइपिएलको चौथो प्लेअफमा

२०८१, ५ जेष्ठ शनिबार १८:४४

जेठ ६, काठमाडौँ । इंडियन प्रीमियर लीग (IPL 2024) अन्तर्गत शनिवार भएको खेलमा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर (RCB) ले चेन्नई सुपर किंग्स (CSK) लाई २७ रनले पराजित गरेको छ । यो जित सँगै RCB ले प्लेअफमा आफ्नो स्थान पक्का समेत गरेको छ । RCB ले जारी लिग अन्तर्गत आफ्नो पछिल्लो लगातार ६ खेलमा अपराजित रहंदै प्ले अफको यात्रा तय गरेको हो । 

भारतको चिन्नास्वामी स्टेडियममा RCB ले ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । त्यसको बिरुद्धमा उत्रिएको CSK को टिमले ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सफल भयो । एमएस धोनी, शार्दूल ठाकुर र रवीन्द्र जडेजाले अन्तिम ओभरमा ७ रन मात्र बनाउन सफल भए । 

अन्तिम ओभरमा जिततको लागि ३५ रन चाहिएको थियो । तर चेन्नईले हारे पनि क्वालिफिकेशनमा जानको लागि १७ रन मात्र बनाए पनि पुग्ने थियो । तर खेलमा बलरको रुपमा आएका RCB का यश दयालले अन्तिम ओभरमा उत्कृष्ट बलिङ आक्रमण गर्दै ७ रन मात्र बनाउन दिए । क्वालीफाई हुनको लागि १७ रन चाहिएको अवस्थामा महिन्द्र सिंह धोनीले पहिलो बलमै छक्का प्रहार गरेका थिए । तर त्यसपछिको दोश्रो बलमा धोनी क्याच आउटको सिकार बने । अब ४ बलमा CSK लाई क्वालिफिकेशनमा जानको लागि ११ रन मात्र चाहिएको थियो । दयालले त्यसपछिको बलिङमा १ रन मात्र बनाउन दिए । जसको कारण RCB ले २७ रनले खेल जित्न सफल भयो । साथै रनरेटको आधारमा क्वालीफाई पनि बन्यो । 


ब्याङ्ग्लोर क्वालिफाई राउण्डमा पुगेसंगै आईपिएलको क्वालीफाई समिकरणले पूर्णता पाएको छ । आइपिएल २०२४ अन्तर्गत कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर  क्वालिफाई राउण्डमा प्रवेश गरेका छन् । 

खेलको प्वाइन्ट टेवल अनुसार क्रमश चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल, लखनउ सुपर जाइन्टस, गुजरात टाइटन, पन्जाब किंग्स र मुम्बई इन्डीएन्स प्लेअफमा पुग्न असफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ