2026-07-09 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनको अभिव्यक्तिमा कुनै आपत्ति छैन, तर, न्युरोडमा महानगरले गरेको क्रियाकलाप काननुसम्मत छैन: यातायातमन्त्री महासेठ

जेठ १३, काठमाडौँ । यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन शाहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए ।

मेयर शाहले चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । त्यसको प्रतिक्रिया दिँदै मन्त्री महासेठले भने, ‘कलंकी देखि महाराजगजको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ती छैन । सुझावका रुपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाप छ, त्यो काननुसम्मत छैन । यत्ति हो मेरो कुरा ।’

शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा महमानगरले फोहोर फालिदिएपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् ।

डिभिजन कार्यालयले शनिबार राति नै विज्ञप्ति जारी गर्दै अनुमतिबिना न्युरोडको स्टान्टर्ड मापदण्ड घटाउने काम भइरहेको हुँदा आफूहरुले रोकेको तर, महानगरले विषयान्तर गरेर चक्रपथको विषय जोडेको स्पष्टीकरण दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो