"/> Sajhasabal

"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप टि-२० क्रिकेट: सबैभन्दा कम रन बनाउने रेकर्डमा युगाण्डाको नाम पनि जोडियो

२७ जेष्ठ २०८१, आईतवार ०३:२७

जेठ २७, काठमाडौँ । विश्वकप क्रिकेटमा युगाण्डाले सबैभन्दा कम रन बनाएर २०१४ मा नेदरल्याण्डले बनाएको रनको सबैभन्दा कम रनको रेकर्डमा बराबरी गरेको छ । यस अघि विश्वकप टि-२० इतिहासमा २०१४ मा नेदरल्याण्डले श्रीलंका बिरुद्धको खेलमा ३९ रन मात्र बनाएर सबैभन्दा कम रनको इतिहास बनाएको थियो । आजको खेलमा युगान्डाले वेस्ट इन्डिज बिरुद्धको खेलमा सोहि स्कोरलाई छुँदै सबैभन्दा कम रनको इतिहासलाई बराबरी गरेको हो ।

आइतबार भएको खेलमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै युगान्डालाई १७४ रनको लक्ष्य दिएको थियो । प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओवरमा ४ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ४४ रन बनाए । उनले ४२ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४४ रन बनाएका हुन् । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले नटआउट १७ बलमा ६ चौकाको मद्दतमा ३० रन बनाए।

कप्तान रोभम्यान पावेलले २३ रन, निकोलास पुरन र शेर्फेन रदरफोर्डले समान २२-२२ रन बनाए।

वेस्ट इन्डिजविरुद्ध युगान्डाका ब्रायन मसाबाले २ विकेट लिए भने अल्पेश रामजानी, कसमस किवाटा, दिनेश नक्रानीले समान १-१  विकेट लिएका हुन् । 

खेलमा वेस्ट इन्डिजले दिएको लक्ष्यलाई भेट्न ब्याटिङमा उत्रिएको युगाण्डाले १२ ओभरको खेलमा अल आउट हुन पुग्यो । युगान्डाको लागि जुम मियागीले नट आउट रहि सबैभन्दा बढी १३ रन बनाउन सफल भए । बाँकी कसैले पनि दोहोरो अंकको रन जोड्न सकेनन् । 

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर)