२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी

१५ असार २०८१, शनिबार ०८:५२

असार १५, काठमाडौँ । फ्रान्समा आम निर्वाचनको अभियान सकिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टीले अति दक्षिणपन्थी पार्टी नेशनल र्‍यालीलाई समर्थन नगर्न अपील गरेको छ ।

तर, संसदीय निर्वाचनमा मतदाताले राष्ट्रिय जनसभालाई ऐतिहासिक जनादेश दिन सक्ने देखिन्छ । फ्रान्समा जुन ३० मा पहिलो चरणको निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुँदैछ । फ्रान्सका प्रधानमन्त्री गेब्रियल एटलले यदि मतदाताले नेशनल र्‍यालीमा मतदान गरेमा घृणा र आक्रामकताको लहर आउन सक्ने चेतावनी दिएका छन् । तर मत सर्वेक्षणमा मरिन ले पेन र २८ वर्षीय जोर्डन बर्डेलाको पार्टी अगाडि देखिएको छ ।

यद्यपि, दक्षिणपन्थी नेशनल र्‍यालीले आफूमाथि लगाइएको नस्लवादको आरोपलाई अस्वीकार गरेको छ । तर, आफ्नै बलमा सरकार बनाउन पर्याप्त मत ल्याउने हो कि होइन भन्ने प्रश्न उठेको छ । 

जुनको सुरुमा, राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन र मध्यावधि चुनावको घोषणा गरेका थिए । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति म्याक्रोनले संसदीय चुनावको घोषणा गरेका थिए ।

चुनावको घोषणा गर्दा म्याक्रोनले आफ्नो देशका नागरिकलाई कट्टरपन्थीलाई महत्व नदिन आग्रह गरेका थिए ।

फ्रान्समा चुनाव कसरी हुन्छ ?

यी निर्वाचनमा फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीका ५७७ सदस्य निर्वाचित हुनेछन् । यही सदनले देशको कानुन बनाउँछ । संसदको माथिल्लो सदन, अर्थात् सिनेटका सदस्यहरू नेशनल एसेम्बली र स्थानीय निकायहरूद्वारा संयुक्त रूपमा निर्वाचित हुन्छन् ।

जुन ३० मा फ्रान्सको मुख्य भूमिमा रहेका सबै ५७७ संसदीय निर्वाचन क्षेत्र र फ्रान्सबाट टाढा जनसंख्या भएको क्षेत्र र विभागहरूमा मतदान हुनेछ । विदेशमा बस्ने फ्रान्सेली नागरिकहरूले पनि यी चुनावमा मतदान गर्न सक्छन् । प्रत्येक जिल्लाबाट एक जना सांसद निर्वाचित हुन्छन् । जुलाई ७ मा सबै सिटमा पुनः मतदान हुनेछ, जसमा मतदाताले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार मध्येबाट छनोट गर्नुपर्नेछ ।

पहिलो चरणमा १२.५ प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवारले अर्को चरणको निर्वाचनमा भाग लिन पाउनेछन् । यस्तो अवस्थामा सामान्यतया दोस्रो चरणको मतदानमा प्रत्येक सिटमा दुई वा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने गरेको छ । संसदमा बहुमत प्राप्त गर्न कुनै पनि दल वा गठबन्धनले २८९ सिट जित्नुपर्छ ।

यस अघि २०२२ को जुनमा आम निर्वाचन भएको थियो । सो निर्वाचनमा म्याक्रोनको पार्टी रेनाइसेन्सले सबैभन्दा बढी १७२ सिट जितेको थियो । त्यस्तै मारिन ले पेनको पार्टी नेशनल र्यालीले ८९ सिट जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो