२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

१८ असार २०८१, मंगलवार ०३:२८

असार १८, काठमाडौँ । पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

अतिरिक्त समयको १०५औ मिनेटमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । रोनाल्डोले हानेको पेनाल्टी स्लोभेनियाका गोलकिपरले बचाएका थिए । पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोएको दृश्य भावुक देखिएको थियो । आफ्नो क्यारियरको अन्त्य तिर रहेका रोनाल्डोलाई अन्य खेलाडीले सम्झाइरहेको दृश्य देखिएको थियो ।


थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलको जितका नायक गोलकिपर डिओगो कोस्टा बनेका थिए । उनले स्लोभेनियाका तिनै पेनाल्टी बचाएर पोर्चुगललाई जिताएका थिए । 


अब क्वाटरफाइनलमा पोर्चुगलले फ्रान्सको सामना गर्ने भएको छ । पोर्चुगल र फ्रान्सबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ ।

त्यस्तै हारसँगै स्लोभेनियाको युरोकप यात्रा समाप्त भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता