२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईलाई १० विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलनजिक

२०८१, ८ श्रावण मंगलवार १२:१४

साउन ८, काठमाडौँ । महिला एसिया कप २०२४ मा समूह ए को खेलमा यूएईलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

श्रीलंकास्थित, रङ्गिरी डम्बुल्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूइर्एले दिएको १०४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले १४.१ ओभरमा कुनै पनि विकेट नगुमाउँदै १०७ रन बनाउँदै जित हात पारेको हो ।

पास्कितानका लागि ओपनरद्वय गुल फिरोजा र मुनिबा अलिको जोडीले शतकीय साझेदारी गर्दै पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरको जित दिलाए ।

पाकिस्तानको लागि फिरोजाले ५५ बलमा ८ चौकासहित ६२ रनमा अविजित रहिन् । मुनिबाले उनलाई राम्रो साथ दिँदै ३० बलमा ४ चौकासहित ३० रनमा अविजित रहिन् ।

यूएईका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन मात्र बनायो ।

यूएईका लागि ओपनर तीर्थ सतिशले सर्वाधिक ४० रनको पारी खेलिन्। उनले ३६बलमा ५ चौका प्रहार गरेकी हुन् । अर्की ओपनर इशा ओझाले २६ बलमा २ चौका सहित १६ रन जोड्दै क्याच आउट भइन् । खुसी शर्माले १२ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानको लागि शदिया इक्वाल, नश्रा सान्दु र तुबा हसनले समान २/२ विकेट लिए । निदा दरले १ विकेट लिइन् ।

पाकिस्तानले यूएईलाई हराएपछि नेपालले भारतलाई फराकिलो अन्तरले हराएमा मात्रै नेपालले सेमिफाइनल खेल्ने सम्भावना गणितीय रुपमा मात्र बाँकी रहन्छ ।

यो सम्भावना भने निकै न्यून छ । मंगलबार यूएईलाई फराकिलो अन्तरले हराएसँगै पाकिस्तानले आफ्नो नेटरनरेट निकै बलियो बनाइसकेको छ ।

पाकिस्तानले पहिलो खेल भारतसग ७ विकेटले हारेको थियो । दोस्रो खेलमा पाकिस्तानले नेपाललाई ९ विकेटले हराएको थियो ।

यूएई भने पहिलो खेलमा नेपालसँग ६ विकेट, भारतसँग ७८ रनले पराजित भएको थियो । समूह ए को अन्तिम खेल नेपाल र भारतबीचको खेल मंगलबार साँझ ७ :१५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी