साउन १३, काठमाडौं | क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले तेस्रो खेल खेल्दैछ ।
दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो तेस्रो खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ ।
भेनकुवर र मोन्ट्रियलबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार आइतबार राति पौने ९ बाट सुरु हुँदैछ ।
भेनकुवर पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो । त्यो खेलमा सन्दीपले १ विकेट लिनुका साथै १५ रन समेत जोडेका थिए ।
भेनकुवरले दोस्रो खेलमा बंगला टाइगर्ससँग समान २२ रनले पराजित भएको थियो । दोस्रो खेलमा सन्दीपले २ विकेट लिनुका साथै अविजित २ रन बनाएका थिए । दोस्रो खेलमा दीपेन्द्रले १ रन बनाएका थिए ।
नेपाली कप्तान रोहित कुमार पौडेलसम्मिलित टोली टोरोन्टो नेसनल्नको खेल सोमबार बिहान आफ्नो तेस्रो खेल खेल्नेछ ।
ब्रैम्प्टन वुल्भ्ससँगको खेलमा रोहितले ब्याटिङको मौका पाएनन् । टोरोन्टोले वुल्भ्ससँगको खेल ८ विकेटले हराएको थियो ।
रोहितआबद्ध टोरोन्टो नेसनल्सले तेस्रो खेलमा सरे ज्याकवार्सको सामना गर्नेछ । नेसनल्स र सरेबीचको खेल सोमबार बिहान पौने २ बजे सुरु हुनेछ ।