२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी–२०: रोहितआबद्ध टोरन्टो नेसनलले पहिलो हार, रोहितको सुस्त ब्याटिङ

२०८१, १४ श्रावण सोमबार ०६:११

साउन १४, काठमाडौं |  क्यानडामा जारी ग्लोबल टी-२० मा नेपालका रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले पहिलो हार व्यहोरेको छ । सर्रे जगुअर्स विरुद्धको खेलमा टोरन्टो ८० रनको विशाल अन्तरले पराजित भएको हो ।

जगुअर्सले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । जगुअर्सका कप्तान मार्कस स्टोइनिसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए ।


जवाफी ब्याटिङका टोरन्टोले ८१ रन मात्र जोड्न सक्यो । रोहितले पहिलो पटक ब्याटिङको मौका पाएका थिए । तर उनको प्रदर्शन बिर्सनलायक रह्यो । उनले २५ बल सामना गर्दा १० रन मात्र जोड्न सके ।

रोहित क्रिजमा आउँदा टोरन्टोले ७.४ ओभरमा ३ विकेट गुमाएर ५७ रन जोडिसकेको थियो । तर रोहितले सुरूबाटै सुस्त ब्याटिङ गरेपछि रनरेटको दबाब बढ्यो । अर्को इन्डमा लगातार दुई विकेट गएकाले रोहित रक्षात्मक बन्न बाध्य भएका थिए । उनले एउटा पनि बाउन्ड्री लगाउन सकेनन् ।

१७ औँ ओभरमा सटोइनिसले रोहितसहित तीन ब्याट्सम्यानलाई शिकार बनाउँदै जगुअर्सलाई लज्जास्पद हार चखाए । टोरन्टोले यसअघि दुई खेल लगातार जितेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी