2026-07-25 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काभा बिच भलिबल च्याम्पियनसिप : नेपाली महिला टिमको लगातार दोस्रो जित

साउन १८, काठमाडौँ । भुटानको थिम्पुमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २-० सेटमा हरायो ।

कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१-५, २१-४ ले हरायो ।

पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१-१७, २१-१५ ले हराएको थियो । नेपाली महिला टोलीले आजै समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ ।

पुरुषतर्फ नेपालले शुक्रबार पहिलो जित निकालेको छ । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले भुटान बी टिमलाई २१-१४, २१-१४ ले पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१-१४ ले आफ्नो पक्षमा पारेको हो । नेपालले आजै उज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ ।

समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिबार हुनेछन् ।

तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एक-एक टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो