2026-09-19 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महेन्द्र सिंह धोनीले आईपीएलको नयाँ नियमका आधारमा सन्यास लिने वा नलिने निर्णय गर्ने

साउन १८, काठमाडौँ । भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ नियम र अवधारणाका आधारमा सन्यास लिने वा नलिने निर्णय गर्ने बताएका छन्।

सन् २०२० अगस्ट १५ मा इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएका धोनी पछिल्लो समय आईपीएलमा सक्रिय छन्। यस वर्षको आईपीएलकै क्रममा उनले सन्यास लिने र आगामी आईपीएल नखेल्ने जस्ता बहस सुनिएको थियो। तर, धोनीले आगामी सिजनको आईपीएलको नियम र अवधारणाका आधारमा आफूले सन्यास लिने वा नलिने निर्णय गर्ने बताए।

बिहीवार पत्रकारहरूसँगको कुराकानीमा उनले आईपीएलको रिटेन्शन र अन्य विषयमा बन्ने नियमका आधारमा सन्यासको निर्णय लिने बताए। उनले भने, ‘अहिले बल हाम्रो पक्षमा छैन। एकपटक नियम जारी भएपछि मलाई निर्णय लिन सहज हुनेछ। जुन टीमको हितमा रहने छ।’

धोनी भारतका एक मात्र कप्तान हुन् जसले भारतलाई एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधि दिलाएका छन् भने आईपीएल टीम चेन्नई सुपर किङ्ग्सलाई ५ पटक उपाधि दिलाउन सफल भएका छन्। ४३ वर्षीय धोनीको क्रिकेट जगतमा छुट्टै पहिचान बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो