मोहम्मद ईजहार शेष | कात्तिक १५, परासी | तिहारको लक्ष्मी पुजाका दिन तराईमा दिपावली गरि धुमधामका साथ मनाइएको छ । तराई क्षेत्रमा लक्ष्मीपुजाको दिन हरेक घरहरु सजाएर रङ्गीचङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | कात्तिक १५, परासी | तिहारको लक्ष्मी पुजाका दिन तराईमा दिपावली गरि धुमधामका साथ मनाइएको छ । तराई क्षेत्रमा लक्ष्मीपुजाको दिन हरेक घरहरु सजाएर रङ्गीचङ"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारमा विद्युत्तिय झिलिमिलीले कोहांरको पेसा धरापमा

१५ कार्तिक २०७३, सोमबार ०२:४९

मोहम्मद ईजहार शेष | कात्तिक १५, परासी | तिहारको लक्ष्मी पुजाका दिन तराईमा दिपावली गरि धुमधामका साथ मनाइएको छ । तराई क्षेत्रमा लक्ष्मीपुजाको दिन हरेक घरहरु सजाएर रङ्गीचङ्ग बनाईए भने साँझ धनकी देवी लक्ष्मीको पुजा गरियो । तराईमा लक्ष्मीपुजाको अवसरमा सबैले आफ्नो घरमा दिप बाल्नुका साथै शक्तिपिठहरु र विभिन्न धार्मिक स्थानहरुमा दिप प्रज्वलन गरि दिपावली मनाए । दिपावलीका दिन पहिला पहिला माटोको दियो बालेर घर सजाई पुजा गरिएपनि अहिले विद्धुत्तिय झिलीमिलीका कारण बत्ति र क्यान्डल बालेर दिपावली मनाउन चलन बढेको छ ।

यो क्षेत्रमा अहिले कस्ले कत्ति धेरै बिद्धुतिय बत्ति प्रयोग गरि घर सजाउन सकेको छ भन्ने अस्वस्थ प्रतिसपर्धा समेत सुरु भएको छ । बिस्तारै मानिसहरु माटोको दियो प्रयोग कम गर्न थालेपछि माटोको दियो बनाउने कुम्हाल वा कोहांर जातीको पेशा धारासाही बन्दै गएको छ । कोहांर जातीको मुख्य आम्दानी नै दिपावलिको बेला हुने गरेको भएपनि बर्षेनि उनिहरुको बिक्रि वितरण कम हुदै गएका सो पेशामा संलग्न ब्यक्तिहरुले दुखेसो पोखेका छन् । ५० वर्ष भन्दा अघिवाट माटोका विभिन्न भाडाकुडा तथा दियो बनाउदै आएका हरपुर गाविस वडा नम्बर २ हरपुरका पुर्णवाशी कोहांरले आफुहरुको पेशा दिनप्रति दिन खस्किदै गएको बताउनु भयो । 

विगतका दिनहरुमा दिपावलीकै ब्यापारले उनलाई वर्षभरि खान पुग्ने गरेपनि अबको ब्यापारले अपुग भएको कोहांरको भनाई छ । विगत वर्षहरुमा दिपावलीको बेलामात्र उनले नगद सहित ३ क्युईन्टल भन्दा बढिको धानवाट माटोको दियोहरु साट्ने गरेपनि अहिले बिक्रि कम भएको बताउनु भयो । विभिन्न किसिमका प्लास्टिक तथा स्टील, फलाम लगायतका सामाग्रिको प्रयोग बढेपछि कलात्मक तरिकाले बनाईएका माटोको दियो, हांडि, जातो, गाग्री लगायतका माटोको सामाग्रिको ब्यापार घट्दै गएको छ भने अर्का तिर कला र संस्कृति सँग जोडिएको यो पेशाप्रति सम्बन्धित ब्यक्तिको लगाव कम हुँदै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य