मोहम्मद ईजहार शेष | कात्तिक १५, परासी | तिहारको लक्ष्मी पुजाका दिन तराईमा दिपावली गरि धुमधामका साथ मनाइएको छ । तराई क्षेत्रमा लक्ष्मीपुजाको दिन हरेक घरहरु सजाएर रङ्गीचङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | कात्तिक १५, परासी | तिहारको लक्ष्मी पुजाका दिन तराईमा दिपावली गरि धुमधामका साथ मनाइएको छ । तराई क्षेत्रमा लक्ष्मीपुजाको दिन हरेक घरहरु सजाएर रङ्गीचङ"/>
2026-06-17 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारमा विद्युत्तिय झिलिमिलीले कोहांरको पेसा धरापमा

मोहम्मद ईजहार शेष | कात्तिक १५, परासी | तिहारको लक्ष्मी पुजाका दिन तराईमा दिपावली गरि धुमधामका साथ मनाइएको छ । तराई क्षेत्रमा लक्ष्मीपुजाको दिन हरेक घरहरु सजाएर रङ्गीचङ्ग बनाईए भने साँझ धनकी देवी लक्ष्मीको पुजा गरियो । तराईमा लक्ष्मीपुजाको अवसरमा सबैले आफ्नो घरमा दिप बाल्नुका साथै शक्तिपिठहरु र विभिन्न धार्मिक स्थानहरुमा दिप प्रज्वलन गरि दिपावली मनाए । दिपावलीका दिन पहिला पहिला माटोको दियो बालेर घर सजाई पुजा गरिएपनि अहिले विद्धुत्तिय झिलीमिलीका कारण बत्ति र क्यान्डल बालेर दिपावली मनाउन चलन बढेको छ ।

यो क्षेत्रमा अहिले कस्ले कत्ति धेरै बिद्धुतिय बत्ति प्रयोग गरि घर सजाउन सकेको छ भन्ने अस्वस्थ प्रतिसपर्धा समेत सुरु भएको छ । बिस्तारै मानिसहरु माटोको दियो प्रयोग कम गर्न थालेपछि माटोको दियो बनाउने कुम्हाल वा कोहांर जातीको पेशा धारासाही बन्दै गएको छ । कोहांर जातीको मुख्य आम्दानी नै दिपावलिको बेला हुने गरेको भएपनि बर्षेनि उनिहरुको बिक्रि वितरण कम हुदै गएका सो पेशामा संलग्न ब्यक्तिहरुले दुखेसो पोखेका छन् । ५० वर्ष भन्दा अघिवाट माटोका विभिन्न भाडाकुडा तथा दियो बनाउदै आएका हरपुर गाविस वडा नम्बर २ हरपुरका पुर्णवाशी कोहांरले आफुहरुको पेशा दिनप्रति दिन खस्किदै गएको बताउनु भयो । 

विगतका दिनहरुमा दिपावलीकै ब्यापारले उनलाई वर्षभरि खान पुग्ने गरेपनि अबको ब्यापारले अपुग भएको कोहांरको भनाई छ । विगत वर्षहरुमा दिपावलीको बेलामात्र उनले नगद सहित ३ क्युईन्टल भन्दा बढिको धानवाट माटोको दियोहरु साट्ने गरेपनि अहिले बिक्रि कम भएको बताउनु भयो । विभिन्न किसिमका प्लास्टिक तथा स्टील, फलाम लगायतका सामाग्रिको प्रयोग बढेपछि कलात्मक तरिकाले बनाईएका माटोको दियो, हांडि, जातो, गाग्री लगायतका माटोको सामाग्रिको ब्यापार घट्दै गएको छ भने अर्का तिर कला र संस्कृति सँग जोडिएको यो पेशाप्रति सम्बन्धित ब्यक्तिको लगाव कम हुँदै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु