भदौ ३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
उनी २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । सन्दिपको साइनिङ प्राइजबारे प्रश्न गर्दा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप आफ्नो लागि भगवान भएको र भगवानलाई पैसासँग तोलेर अपमान नगर्ने भन्दै रकम खुलाउन चाहेनन् ।
हस्ताक्षरपछि सन्दीपले यस्तो कुराहरुलाई आफूहरुलाई हौसला मिल्ने बताए ।
‘यस्तै कुराले गर्दा हामी जस्तो खेलाडीलाई हौसला र सपोर्ट मिल्ने गर्छ , म देशको लागि र देशलाइ अगाडि राख्न सधै तत्पर रहनेछु’, लामिछानेले भने ।