2026-09-08 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोटरबाटो र बिजुली नहुँदा पुनःनिर्माणमा बाधा

कात्तिक १७, गोरखा । भूकम्पले घर भत्केपछि १८ महिना टहरोमा सकसपूर्ण बस्नुभएका गोरखाको सिम्जुङ– ४ का शिवजी दवाडीलाई यसपालीको चिसो नबढ्दै नयाँ घर बनाउने चाहना बिद्युत र मोटरबाटोका कारण पुरा नहुने चिन्ताले सताएको छ । 

सिम्जुङ हुँदै घ्याच्चोक पुग्ने सडक आँगन छेउबाटै गएपनि सडकको स्तरोउन्नति नहुँदा निर्माण सामग्री ९ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट० ढुवानी गर्न कठिन हुने उहाँको गुनासो छ । यस्तै बिजुलीको अभावले गर्दा काठ चिराएर झ्याल, ढोकालगायतका काठको काम पनि रोकिएको दबाडी बताउनुहुन्छ । 

घर बनाउने पर्खाइमा रहनुभएका सिम्जुङका ऋषिराम लामिछानेले पनि बाटोका कारण निर्माण सामग्री ढुवानी गर्न सक्नुभएको छैन । ‘भूकम्पका कारण लघुजलविद्युत् आयोजना बिग्रियो, गाउँमा केन्द्रीय विद्युत् लाइन आइपुगेको छैन’ लामिछानेले भन्नुभयो, ‘ढोडेनी, पोखटार हुँदै खनेको सडक हिलैहिलो छ । साँघुरो सडकमा ट्याक्टर पनि चलाउन मुस्किल भएको छ भने गाउँमा विद्युत् नहुँदा काठ चिराउन पनि पाइएको छैन ।’ गाउँमा भनेका बेला खेतला पाइँदैन । विद्युत् नहुँदा काठ चिर्ने मेसिन नचलेकाले स्थानीय सामुदायिक वनले पनि गाउँलेको मागअनुसार काठ उपलब्ध गराउन सकेको छैन । 

पुरानो घरको काठपातमा केही नयाँ काठ थपेर नयाँ घर ठड्याउने तयारीमा आफूहरु रहेको दवाडीले बताउनुभयो । ‘घर ढलेपनि सरकारी अनुदान पाएनौँं’ उहाँले भन्नुभयो, ‘आफ्नै खर्चले घर बनाउने भनेको बाटो र बिजुली सुविधा नहुँदा आपतमा परेँ ।’ निर्माण सामग्री ढुवानीमा मान्छे लगाउँदा धेरै खर्च लाग्ने उहाँको भनाइ छ । 

सिम्जुङका विभिन्न गाउँका करिब एकहजार ५०० घर भूकम्पले क्षति पु¥याएको थियो । स्थानीय देवीदत्त दवाडीका अनुसार मोटरबाटोको स्तरोन्नति र गाउँमा केन्द्रीय विद्युत् पु¥याउन सके गाउँ पुनःनिर्माणको काम सहजहुन्छ । ‘गाउँमा दक्ष कामदार छैनन्’ दवाडीले भन्नुभयो, “बिजुली र मोटरबाटोको सुविधा भए छिटो घर बन्छ ।” सिम्जुङका प्रायजसो भूकम्पपीडितले ५० हजारका दरले अनुदान रकम पाइसकेका छन् । 

अनुदान पाए पनि घर निर्माण सुरु भएका छैनन् । अनुदान रकम पाएपछि बर्खा र चाडपर्व सुरु भएकाले अब गाउँलेले पुनःनिर्माणलाई गति तयारीमा छन् । 

सिम्जुङ– ४ स्थायी घर भएका समाजसेवी प्रकाशचन्द दवाडीले गाउँमा केन्द्रीय विद्युत् प्रशारण लाइनको विस्तारका लागि पोल झारिसकिएको र मोटरबाटो स्तरोन्नतिका लागि जिल्लास्थित ११ किलो भालुस्वाँरा, बारपाक आयोजनाले काम गर्ने भएकाले पुनःनिर्माणले अब गतिलिने विश्वास व्यक्त गर्नुुहुन्छ । 

नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले सिम्जुङ गाउँमा विद्युत् पु¥याउने योजना अघि बढाएपनि ट्रान्सफर्मरको अभाव छ । यस्तै जिविसले ढोडेनी, सिम्जुङ गाउँ, घ्याच्चोक सडक स्तरोन्नतिका लागि रु १० लाख बजेट विनियोजन गरिदिएको छ । ढोडेनी, पोखटार, सिम्जुङ, घ्याल्चोक, सिरानडाँडा सडक स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ । 

क्रमागत बजेट ल्याएर सडकको स्तरोन्नति गर्दै कालोपत्रे गरिने पाण्डेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल