2026-07-27 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालको पर्यटनमा असुरक्षित सडक र सवारी दुर्घटनाको प्रभाव

भोजराज भट्ट- भदौ ८, काठमाडौँ | भदौ ७ गते एउटा समाचार आयो, ४० जना भारतीय सवारी बोकेको गाडी आबुखैरेनी नजिकै मर्स्याङ्दीमा खस्यो। हुन त नेपालका लागि यो नौलो समाचार भने पक्कै होइन। त्यही भएर पनि होला प्लेन दुर्घटना वा गाडी दुर्घटनाका समाचार बहसको विषय बन्न अब छोडिसके। भारतीय नम्बर प्लेटको गाडी  र भारतीय नागरिक भनेर पनि होला खासै सामाजिक सञ्जाल पनि त्यति तातेन। हुन त देशभरि दुई महिनामा प्राकृतिक विपदका घटनामा परेर २०० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। देशका मुख्य राजमार्ग भनिएका सडकहरूमा नै दुर्घटनाको अवस्था भयावह छ। नेपाल घुम्न आएका ,रमाउन आएका, सौन्दर्यता अवलोकन गर्न आएका व्यक्तिहरू वास्तवमा ज्यान गुमाउन आएका जस्तो देखिँदा यसको दीर्घकालीन असर नेपालको पर्यटनले अवश्य भोग्नु नै पर्छ। सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्राकृतिक प्रकोपको कारण दुर्घटना भएको भनेर प्रतिवेदन बुझाएको छ।

वातावरणीय अध्ययन तथा डिजाइन मार्फत दिगो तथा प्रभावकारी व्यवस्थापन खोज्नुको साटो सस्तो, चुनावमुखी, कार्यकर्तामुखी एवं गुणस्तरहीन सडक सञ्जाल जोडिनुले पनि दुर्घटनाहरू निम्त्याइरहेको छ। भौगोलिक अवस्था अनुसार वातावरणीय अध्ययनको आधारमा वातारणीय प्रभाव मूल्याङ्कन कार्यान्वयन गराउने निकायहरूले नै कमिसनको लोभमा सस्तो अध्ययन गरी लोकरिझ्याइको बाटो चिताउने भएकोले सडक सञ्जाल गुणस्तरहीन बनेको वातावरणविद साथीहरूको तर्क छ। 

जैविक विविधता र प्राकृतिक स्रोतले भरिपूर्ण देशमा इकोटुरिज्म नै सबैभन्दा महत्त्वपूर्ण आर्थिक श्रोत बन्न सक्ने कुरामा दुई मत छैन। देशभरिका ५० भन्दा बढी जिल्लाहरूबाट काठमाडौँ भित्रिने एकमात्र मुख्य मार्गको अवस्था नै अहिले दयनीय रहेको छ। नेपालको सांस्कृतिक तथा प्राकृतिक वातावरणलाई अवलोकन गर्न आउने विदेशी पर्यटकहरू र एक ठाउँबाट अर्को ठाउँमा मनोरञ्जन र घुमफिरका लागि निस्किने स्वदेशी पर्यटकहरू दुवै अहिले यसको मारमा परेका छन्। तराईबाट गर्मी छल्न पहाडतिर निस्किने र सहरहर ताल, छाँगा, छहरा, झरानाहरूको प्राकृतिक दृश्य हरियाली र मनोरम वातावरण देखिने असार देखि भाद्र महिनामा नै देशमा दुर्घटना र सडक असुरक्षाले भयावह रूप लिएपछि आन्तरिक तथा बाहिरी पर्यटकहरूलाई त्रासपूर्ण वातावरण सिर्जना गरेको छ।

कसैले पनि भ्रमण जाने योजना बनाउँदा सबैभन्दा पहिला बाटो सम्झिने गर्छ। तारा देशको बाटो भने अव्यवस्थित र अस्तव्यस्त रहँदा विदेशी पर्यटकहरू आउँलान् र देशमा समृद्धि आउला भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ। 

अनुत्पादक क्षेत्रमा बढीरहेको राज्यको लगानी राजमार्गहरूसम्म पुग्न नसक्नुले अहिले पर्यटन क्षेत्र धराशाही बन्दै गएको छ। दशकौँ पहिले हजुरबुवाको पालामा सयौ गाडी हुँदा बनेका राजमार्गमा अहिले लखौ गाडी गुड्दाखेरि पक्कै पनि सहज छैन।  प्राकृतिक रूपमै सर्वोच्च पहाडहरू भएको देशमा खरबौँ रुपैयाँ खर्च गरेर बनेका भ्युटावरहरूको सट्टा राजमार्गको स्तरोन्नति गरिदिएको भए मुख्य राजमार्गहरूमा आवागमन सहज हुने थियो। उदाहरणको रूपमा हेर्ने हो भने सुदूरपश्चिमलाई स्वर्गको परिभाषा दिलाउन सक्ने खप्तड, बडिमालिका, रामारोशन, अपी, सैपाल आदिले पहुँच मार्गको अभावमा उल्लेख्य पर्यटक भित्र्याउन सकेको छैन, देशलाई आर्थिक रूपमा समृद्ध बनाउन देशका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय धरोहरसम्म पहुँच मार्ग पुर्‍याउन सके पर्यटन क्षेत्रले फड्को मार्न सक्थ्यो कि।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल