३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

ममता काफ्ले बेपत्ता प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको तस्वीरहरु सार्वजनिक

१६ भाद्र २०८१, आईतवार १०:०६

भदौ १६, काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो ।

स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक गरेको तस्वीरहरुमा भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिन्छन् ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।


नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लुस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रङ देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

तर, भट्ट पक्षका वकिलहरुले भने शरीरबिनै गम्भीर अभियोग लगाइएको भन्दै जमानतमा छाड्न माग गरेका थिए । यद्यपि, अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै उनलाई थुनामै राख्ने आदेश भयो ।


अदालतमा भएको बहसका क्रममा अभियोजकतर्फका वकिलहरुले प्रहरी अनुसन्धानका क्रममा नरेशले घटनाको केहीअघि श्रीमतीको मृत्यु भएको कति समयपछि बिहे गर्न सकिन्छ भनेर गुगल सर्च गरेको फेला परेको बताएका थिए ।

ममता सम्पर्कविहीन भएलगत्तै उनले आफ्नो कार बिक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ भने उनले घर पनि विक्री गर्न खोजेका थिए । ममता र नरेशबीच सामाजिक सञ्जालबाट चिनजान भएर चार वर्षअघि विवाह भएको थियो ।

पछिल्लो समय उनले घरमा आफूविरुद्ध हिंसा भइरहेको भन्दै साथीहरुलाई सुनाएकी थिइन् । उनले सम्बन्धविच्छेद गर्नेबारे समेत छलफल गरिरहेको पाइएको छ । त्यहीबीचमा यो घटना भएको हो । उनीहरुको एक वर्षको छोरी समेत छिन् ।

छोरीको रेखदेखका लागि काभ्रेको पनौतीस्थित ममताको माइती पक्षबाट आमा र दाइ अमेरिका गएका छन् । प्रहरीले ममताको खोजी कार्यलाई भने जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड