ठगि धन्दा गरेर दुबईमा बस्दै आएका २ जना नेपाली पक्राउ, नेपाल ल्याईयो

साझासवाल
1 Min Read

असोज १०, काठमाडौँ । ठगी धन्दा चलाउने दुई जना सहित ३ जना नेपालीलाई इन्टरपोलबाट रेड नोटिस जारी गरि दुबईबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् ।

पक्राउ परेका भुपेन्द्र बोहरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न इन्टरपोल महासचिवालयले १६ जेठ २०७९ मा रेड नोटिस जारी गरेको थियो । त्यस्तै पक्राउ परेका अर्का व्यक्ति कबिर बुढाथोकीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २४ साउन २०७९ मा रेड नोटिस जारी गरेको थियो ।

त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्कीलाई १२ असार २०८१ मा रेड नोटिस जारी गरिएको थियो ।

पक्राउ परेकाहरुलाई नेपाल ल्याईएको छ । उनीहरु मध्य भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply