2026-07-06 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने

काठ्माण्डौँ । बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई प्रशासनले कानुन वमोजिम कारवाही गर्ने भएको छ ।

आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरुले असहयोग गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समेत संलग्न भएको उक्त अनुगमनमा मन्त्री भण्डारी फर्केपछि केही व्यवसायीले कर्मचारीमाथी नै अभद्र व्यवहार गरेका थिए ।

सोमबार व्यवसायीसहित कालिमाटी फलफुल तथा तरकारी विकास समिति अध्यक्ष, काठ्माण्डौंका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र वाणिज्य विभाग लगायतका नियमनकारी निकायले कानुन अनुसार कारवाही गर्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरुले अहिले मात्रै नभइ विगतमा समेत असहयोग र अभद्र व्यवहार गर्दै आएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । व्यवसायीले अनुगमन प्रभावित गर्ने कृयाकलाप गरेमा उनीहरुको दर्ता खारेजी गरिने प्रजिअ आचार्यले बताए ।

सोमबार नियमनकारी निकायले गरेका निर्णयहरुमा अनिवार्य रुपले मूल्य सूची राख्नुपर्ने, अनुगमनमा अनिवार्य रुपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियम वमोजिम कारवाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको बिलबीजक अनिवार्य रुपले राख्नुपर्ने, विकास समितिको परिसर भित्रको सरसफाईमा विशेष ध्यान दिनेलगायत रहेकाछन् ।

आइतबार मन्त्री भण्डारीले गरेको छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभावीक मुल्यबृद्धि गरेको पाइएको थियो ।

मन्त्री भण्डारीले कालोबजारी र अस्वभावीक मुल्यबृद्धि गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले बजार पारदर्शी बनाउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो