2026-07-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अभ्यास खेलमा नेपाल क्यानडाको एचपी जागर्ससंग ६६ रनले विजयी

भदौं २९, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अभ्यास खेलमा नेपालले क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ ।

नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जागर्सले ३९ ओभरमा  अल आउट  हुदै १८१ रन मात्र बनायो । जागर्सका लागि अजयविर सिंहले ५५ रन, नदिम मजिर  २९ र अनुप चिमाले १९ रन बनाए ।

नेपालका लागि  स्पिनर ललित नारायण राजवंशीले ४ विकेट लिए भने  सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले १-१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा २४७ रन बनाएर अल आउट भएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१ रन बनाए भने आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१ र रोहितकुमार पौडेल ३३ रन बनाएका थिए | त्यस्तै, आरिफ शेख एक, कुशल मल्ल ९ रन, अनिल शाहले ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।

जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक