2026-07-27 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी अलराउन्डर वरीयतामा सन्दीप लामिछानेको छलाङ, नेपालको एकदिवसीय वरियता खस्कियो

असोज ९, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC)ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीपको प्रगति उल्लेखनीय भएको हो।

अलराउन्डर वरियतामा अन्य नेपाली खेलाडीहरूको अवस्थिति निम्नानुसार छ:

दीपेन्द्रसिंह ऐरी ४८औँ स्थानमा,

कुशल मल्ल ५१औँ स्थानमा,

सोमपाल कामी ५३औँ स्थानमा,

करण केसी ७६औँ स्थानमा,

गुलशन झा ९०औँ स्थानमा,

ललित राजवंशी ९४औँ स्थानमा।

दीपेन्द्र र कुशलले क्रमशः ६ स्थान तल झरेका छन् भने करण, गुलशन र ललितले क्रमशः ११, १३, र १ स्थान सुधार गरेका छन्। सोमपालको वरियता भने यथावत् रहेको छ। अलराउन्डर वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नबी छन्।

ब्याटिङतर्फ, नेपाली खेलाडीहरूमा आसिफ शेख ७९औँ, कुशल भुर्तेल ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा छन्। रोहितको वरियता यथावत् छ भने आसिफ र कुशलले क्रमशः ११ र ४ स्थान तल झरेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्ष स्थानमा छन्।

बलिङतर्फ, सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ, करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा रहेका छन्। सन्दीपको वरियता यथावत् छ भने ललित २, दीपेन्द्र १ र सोमपाल १३ स्थान तल झरेका छन्। करणले भने ४ स्थान सुधार गरेका छन्। बलिङ वरियताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ। यसअघि १६औँ स्थानमा रहेको नेपाल अहिले १७औँ स्थानमा पुगेको छ। शीर्ष स्थानमा भारत यथावत् रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली