२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले हरायो ओमानलाई, उपाधि सम्भावना कति?

२०८१, १७ आश्विन बिहीबार ०५:५४

असोज १७, काठमाडौं |  क्यानडामा जारी त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ। बुधबार राति भएको खेलमा कप्तान रोहित पौडेलले अलराउन्डर प्रदर्शन गर्दा ओमान नेपालसँग लगातार दोस्रो टी-२० मा पराजित भयो।

जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यद्यपि क्यानडा र ओमानबीच अन्तिम खेल हुन बाँकी छ। यो खेलमा क्यानडाले जिते उसले उपाधि उचाल्ने छ। यदि ओमानले जितेमा नेट रनरेटका कारण नेपाल च्याम्पियन हुने सम्भावना कायम रहेको छ।


किंग सिटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडैल ४४ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ५६ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन बनाए। त्यस्तै देव खनालले १८ रन बनाउँदा आसिफ शेख १६ तथा अनिल साहा ११ रनमा आउट भए। त्यस्तै आठौं नम्बरमा ब्याटिङका लागि आएका कुशल भुर्तेल ११ रनमा पेभिलियन फर्किए। ओमानका लागि फायाज बटले ३ विकेट लिंदा कलिमुल्लाह सकिल अहमेद र अकिब इलियासले समान १-१ विकेट लिए।

१ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभमार १ सय १ रनमा अलआउट भयो। उसका लागि जेसन मक्सुदको ३५ रन सर्वाधिक रह्यो। उनी बाहेक कप्तान अकिब इलियसले २२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा प्रतिक अर्थबले १२ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा रोहित पौडेलले २ तथा सन्दीप लामिछाने र रिजन ढकालले समान २-२ विकेट लिए।

आज सिरिजको अन्तिम खेलमा क्यानडा र ओमान भिड्दै छन्। अङ्क तालिकामा नेपाल र क्यानडा समान ४ अङ्क भएपनि नेटरनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ। ओमान २ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि