३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले हरायो ओमानलाई, उपाधि सम्भावना कति?

१७ आश्विन २०८१, बिहीबार ०५:५४

असोज १७, काठमाडौं |  क्यानडामा जारी त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ। बुधबार राति भएको खेलमा कप्तान रोहित पौडेलले अलराउन्डर प्रदर्शन गर्दा ओमान नेपालसँग लगातार दोस्रो टी-२० मा पराजित भयो।

जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यद्यपि क्यानडा र ओमानबीच अन्तिम खेल हुन बाँकी छ। यो खेलमा क्यानडाले जिते उसले उपाधि उचाल्ने छ। यदि ओमानले जितेमा नेट रनरेटका कारण नेपाल च्याम्पियन हुने सम्भावना कायम रहेको छ।


किंग सिटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडैल ४४ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ५६ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन बनाए। त्यस्तै देव खनालले १८ रन बनाउँदा आसिफ शेख १६ तथा अनिल साहा ११ रनमा आउट भए। त्यस्तै आठौं नम्बरमा ब्याटिङका लागि आएका कुशल भुर्तेल ११ रनमा पेभिलियन फर्किए। ओमानका लागि फायाज बटले ३ विकेट लिंदा कलिमुल्लाह सकिल अहमेद र अकिब इलियासले समान १-१ विकेट लिए।

१ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभमार १ सय १ रनमा अलआउट भयो। उसका लागि जेसन मक्सुदको ३५ रन सर्वाधिक रह्यो। उनी बाहेक कप्तान अकिब इलियसले २२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा प्रतिक अर्थबले १२ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा रोहित पौडेलले २ तथा सन्दीप लामिछाने र रिजन ढकालले समान २-२ विकेट लिए।

आज सिरिजको अन्तिम खेलमा क्यानडा र ओमान भिड्दै छन्। अङ्क तालिकामा नेपाल र क्यानडा समान ४ अङ्क भएपनि नेटरनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ। ओमान २ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन