2026-06-21 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रवासी म्याग्देलीले इन्टरनेटका लागि जुटाए ५० लाख

कात्तिक २१, म्याग्दी । रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । 

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु ५० लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिनुभयो । 

मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ । मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि नेपाल ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले ५० प्रतिशत लगानी गर्न सहमति जनाएको छ । वित्तीय स्रोत व्यवस्थापन भएको छ महिनाभित्र सबै बस्तीमा इन्टरनेट पु¥याउने गरी तयारी भएको छ । मोनाको पहलमा प्रवासी म्याग्देलीबाट स्थानीयस्तरमा सङ्कलन गर्नुपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहकार्य गरिएको जिविसले जनाएको छ । 

दुर्गमको विद्यालय चन्दाकै भरमा सञ्चालन 

यसैगरी मुदी–३ का टेकप्रसाद रोका गाउँमा नयाँ मान्छे देख्ने बित्तिकै विद्यालयका लागि आर्थिक सहयोग माग्नुहुन्छ । उहाँसँगैै भानसिंह रोका, दलमाया रोकासहित मुदी नाउरावासीको दैनिकी उस्तै छ । 

गाउँमा रहेको विद्यालयलाई सरकारी सेवासुविधा उपलब्ध नभएपछि बाध्य भएर अभिभावकले विदेशबाट फर्किएका लाहुरे, धौलागिरि बेस क्याम्प घुम्न जाने विदेशी पर्यटकलाई आफ्ना बालबालिकाले अध्ययन गर्ने विद्यालयलाई चन्दा सङ्कलन गर्ने गरेका छन् । २०६७ सालमा रनजनज्योति बालविकास केन्द्रको स्थापना गरेका नाउरावासीले तीन वर्षसम्म जिल्ला शिक्षा कार्यालयबाट मासिक दुई हजार उपलब्ध गराए पनि त्यसयता कुनै पनि सरकारी सहयोग पाएका छैनन् । विद्यालयको भौतिक पूर्वाधार, शिक्षकको तलबसहित आवश्यक सामग्री जुटाउन आर्थिक सङ्कलन अभियान सञ्चालन गर्ने गरेका छन् । 

देशभर आधारभूत तहको शिक्षा निःशुल्क उपलब्ध गराइरहेको अवस्थामा नाउराका स्थानीयवासीले शिक्षकको तलब, आफ्ना बालबालिकाको पाठ्यपुस्तकसमेत आफँै खरिद गर्ने गरेका छन् । “अभिभावकको सक्रियतामा विद्यालय सञ्चालन भइरहेको छ । आफ्ना बालबालिकालाई कुनै पनि समस्या नहोस् भनेर निरन्तर चन्दा सङ्कलन गर्नुहुन्छ”, विद्यालयकी प्रधानध्यापक दीपा गर्बुजाले भन्नुभयो । २१ घरधुरी रहेको नाउरा गाँउका ११ जना विद्यार्थीलाई भौतिक पूर्वाधारको अभावमा एउटै कक्षामा राखेर पठनपाठनको व्यवस्था गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ