2026-10-23 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कात्तिक नाचले उल्लासमय बन्यो पाटन

सञ्चिता घिमिरे, कात्तिक २३, ललितपुर । दसैँ तिहार सकिएर देशका अन्य ठाउँमा मनसुन हुँदा पाटन भने उल्लासमय बनेको छ । पाटनवासीले विशेष महत्वका साथ मनाउने पर्व कात्तिक नाच मङ्गलबजारस्थित कात्तिक नाच डबलीमा तिहार सकिएसँगै सुरु भएको छ । 

बिहीबार सुरु भएको नाच आगामी सोमबार ९२९ गते० सकिँदैछ । अघिल्लो वर्ष भूकम्पका कारण उल्लासमय हुन नसकेको नाच यो वर्ष हर्षोल्लासका साथ मनाइदै गरिएको होे । गत वर्ष भूकम्पका कारण जम्मा १० दिन नाच सञ्चालन भए पनि यो वर्ष १२ दिनसम्म मनाउन लागिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । 

हरेक साँझ ७ बजे नाच सुरु हुने गरेको छ । नाचको किसिम हेरेर कहिले १० बजे त कहिले १ बजेसम्म सञ्चालन हुने गरेको चित्रकारले बताउनुभयो । नाचमा सबैभन्दा महत्वपूर्ण नृसिंह अवतार ९हिरण्यकश्यप वध० लाई मानिन्छ । यो नाच देखाइने रात दर्शकको सबैभन्दा बढी भीड हुन्छ । उहाँले भन्नुभयो – “यो रात सिङ्गो डबली भरिएर खचाखच हुने गर्छ ।” 

देशमा शान्ति सुव्यवस्था कायम गरेर जनतालाई एकताको सूत्रमा बाँध्न राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरुवात गरेका हुन् । धान काटिसकेर पाटनवासीलाई फुर्सदमा मनोरञ्जन दिलाउने उद्देश्यले सुरु भएको नृसिंह अवतारमा हिरण्यकश्यप वधलाई असत्यमाथि सत्यको विजयका रुपमा लिइन्छ । यो नाचमा अहिले पनि हिरण्यकश्यपको भूमिकामा नाच्ने व्यक्ति साँच्चै बेहोस हुने गरेका छन् । उहाँले भन्नुभयो – “विष्णुका विभिन्न लीलामा आधारित नाचमा स्थानीयवासीको आस्था देखिन्छ ।” 

विसं २००६ सम्म यो नाच एक महिना देखाउने गरिएको थियो । राजनीतिक परिवर्तनसँगै यो नाच दुई दिनमा सीमित बन्न पुग्यो । यी दुई दिनमा बराह अवतार र नृसिंह अवतार मात्रै देखाइने गरिएको थियो । विसं २०३७ देखि भने अरु नाच पनि थप हुन थाले । विसं २०६९ मा ८ दिन नाच देखाइएकामा विसं २०७० मा दुई दिन थप गरिएको थियो । 

एक महिनासम्म देखाउनुपर्ने भए पनि आर्थिक अभावका कारण नसकिएको कोषाध्यक्ष उत्तमरत्न शाक्यको भनाइ छ । एक वर्ष एउटा कथामा आधारित र अर्को वर्ष अर्को कथामा आधारित नाच देखाउने गरिएको छ । नाच संरक्षण र प्रवद्र्धनका लागि सरकारले गरेको सहयोग अपर्याप्त भएको उहाँले बताउनुभयो । 

नाचमा विष्णु गण, कृष्ण गण, महादेव गण, देवी गण, इन्द्र गण, दैत्य गणलगायत भगवान्का विभिन्न अवतारको लीला समेटिएको हुन्छ । 

राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको नाचमा बाःथ प्याखँ९तीन चलाख र धुर्त दाजुभाइको कथामा आधारित नाच० थियो । अर्का मल्ल राजा योगनरेन्द्र मल्लका पालामा उषाहरणलीला र माधवानरलीला थप भएको थियो । 

राजा सिद्धिनरसिंहले विसं १६९७ मा साङ्गीतिक भाव भएको यस्तो नाच सुरु गरेकामा नाचमा तान्त्रिक, शास्त्रीय र लोकभाव देखिन्छ । राजा मल्लका शिक्षा गुरु हरिवंश उपाध्यायलाई नाचको सर्जक मानिन्छ । नाचमा शास्त्रीय पक्ष जोड्ने काम दीक्षागुरु विश्वनाथ उपाध्यायले गरेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने