2026-06-26 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कात्तिक नाचले उल्लासमय बन्यो पाटन

सञ्चिता घिमिरे, कात्तिक २३, ललितपुर । दसैँ तिहार सकिएर देशका अन्य ठाउँमा मनसुन हुँदा पाटन भने उल्लासमय बनेको छ । पाटनवासीले विशेष महत्वका साथ मनाउने पर्व कात्तिक नाच मङ्गलबजारस्थित कात्तिक नाच डबलीमा तिहार सकिएसँगै सुरु भएको छ । 

बिहीबार सुरु भएको नाच आगामी सोमबार ९२९ गते० सकिँदैछ । अघिल्लो वर्ष भूकम्पका कारण उल्लासमय हुन नसकेको नाच यो वर्ष हर्षोल्लासका साथ मनाइदै गरिएको होे । गत वर्ष भूकम्पका कारण जम्मा १० दिन नाच सञ्चालन भए पनि यो वर्ष १२ दिनसम्म मनाउन लागिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । 

हरेक साँझ ७ बजे नाच सुरु हुने गरेको छ । नाचको किसिम हेरेर कहिले १० बजे त कहिले १ बजेसम्म सञ्चालन हुने गरेको चित्रकारले बताउनुभयो । नाचमा सबैभन्दा महत्वपूर्ण नृसिंह अवतार ९हिरण्यकश्यप वध० लाई मानिन्छ । यो नाच देखाइने रात दर्शकको सबैभन्दा बढी भीड हुन्छ । उहाँले भन्नुभयो – “यो रात सिङ्गो डबली भरिएर खचाखच हुने गर्छ ।” 

देशमा शान्ति सुव्यवस्था कायम गरेर जनतालाई एकताको सूत्रमा बाँध्न राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरुवात गरेका हुन् । धान काटिसकेर पाटनवासीलाई फुर्सदमा मनोरञ्जन दिलाउने उद्देश्यले सुरु भएको नृसिंह अवतारमा हिरण्यकश्यप वधलाई असत्यमाथि सत्यको विजयका रुपमा लिइन्छ । यो नाचमा अहिले पनि हिरण्यकश्यपको भूमिकामा नाच्ने व्यक्ति साँच्चै बेहोस हुने गरेका छन् । उहाँले भन्नुभयो – “विष्णुका विभिन्न लीलामा आधारित नाचमा स्थानीयवासीको आस्था देखिन्छ ।” 

विसं २००६ सम्म यो नाच एक महिना देखाउने गरिएको थियो । राजनीतिक परिवर्तनसँगै यो नाच दुई दिनमा सीमित बन्न पुग्यो । यी दुई दिनमा बराह अवतार र नृसिंह अवतार मात्रै देखाइने गरिएको थियो । विसं २०३७ देखि भने अरु नाच पनि थप हुन थाले । विसं २०६९ मा ८ दिन नाच देखाइएकामा विसं २०७० मा दुई दिन थप गरिएको थियो । 

एक महिनासम्म देखाउनुपर्ने भए पनि आर्थिक अभावका कारण नसकिएको कोषाध्यक्ष उत्तमरत्न शाक्यको भनाइ छ । एक वर्ष एउटा कथामा आधारित र अर्को वर्ष अर्को कथामा आधारित नाच देखाउने गरिएको छ । नाच संरक्षण र प्रवद्र्धनका लागि सरकारले गरेको सहयोग अपर्याप्त भएको उहाँले बताउनुभयो । 

नाचमा विष्णु गण, कृष्ण गण, महादेव गण, देवी गण, इन्द्र गण, दैत्य गणलगायत भगवान्का विभिन्न अवतारको लीला समेटिएको हुन्छ । 

राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको नाचमा बाःथ प्याखँ९तीन चलाख र धुर्त दाजुभाइको कथामा आधारित नाच० थियो । अर्का मल्ल राजा योगनरेन्द्र मल्लका पालामा उषाहरणलीला र माधवानरलीला थप भएको थियो । 

राजा सिद्धिनरसिंहले विसं १६९७ मा साङ्गीतिक भाव भएको यस्तो नाच सुरु गरेकामा नाचमा तान्त्रिक, शास्त्रीय र लोकभाव देखिन्छ । राजा मल्लका शिक्षा गुरु हरिवंश उपाध्यायलाई नाचको सर्जक मानिन्छ । नाचमा शास्त्रीय पक्ष जोड्ने काम दीक्षागुरु विश्वनाथ उपाध्यायले गरेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने