कात्तिक २९, गोरखा । पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ । 

दरबार क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, गोरखा । पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ । 

दरबार क्षे"/>

2026-10-26 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा दरबार क्षेत्रको बन्देज पुरातत्वबाट फुकुवा


कात्तिक २९, गोरखा । पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ । 

दरबार क्षेत्रको २०० गज जग्गा क्षेत्र वरपर स्थानीयवासीलाई नक्सा पास गरी घर बनाउन र बनेका घर बैंकमा धितो राखेर ऋण झिक्न नपाइने बन्देज थियो । 

विसं २०७३ कात्तिक २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भई दरबार क्षेत्र वरपर नक्सा पास गरी घर बनाउन पाइने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । ‘खण्ड ३९ सङ्ख्या ६ मिति २०४६ जेठ ९ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित गोरखा दरबार क्षेत्रको चारकिल्ला घोषित गरेकोसम्बन्धी सूचना खारेज गरिएको छ’, राजपत्रमा उल्लेख छ । 

ठूलो आँगन, पदेँलीलगायत क्षेत्रका स्थानीयवासीले विगत २७ वर्षदेखि मापदण्डमा टेकेर नयाँ घर बनाउन पाएका थिएनन् । दुःखजेलो गरी बनाएका घर पनि बैंकमा धितो राखी ऋण लिन नपाउँदा स्थानीयवासी हैरान थिए । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना प्रकाशित गरी दरबार क्षेत्रको बन्देज फुकुवा गरेको हो । 

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी प्राचीन स्मारक गोरखा दरबारको सुरक्षा एवम् ऐतिहासिक, पुरातात्विक वातावरणको संरक्षणका लागि चार किल्लासमेत तोकिएको थियो । तल्लो दरबार (हाल सङ्ग्रहालय)को पूर्व दरबारमार्ग, पश्चिम टुँडीखेल जेलघरको अन्तिम सिमाना पदेँलीधारा, दक्षिण बसपार्क हुँदै कम्पाउन्ड पर्खाल र उत्तरतर्फ दरबारको कम्पाउन्ड पर्खाल रानीपोखरीको डिल हुँदै टुँडिखेलसम्म निर्धारण गरिएको थियो । 

यस्तै माथिल्लो दरबार (गोरखा दरबार, गोरखनाथ गुफा, कालिका मन्दिर) पूर्व पीपलथोक थाकलडाँडा हुँदै पन्थेस्वाँरा, पश्चिम तल्लोकोटको कम्पाउन्ड, दक्षिण फूलपाती लैजाने बाटो हुँदै रामशाह चौतारोको कम्पाउन्ड हुँदै वरम्जाकोट गाउँबाट हात्तीसार पधेँराबाट पुजारी गाउँमाथिबाट तल्लो ढाँड हुँदै रानीवनको सरस्वती थान थाकलडाँडा र उत्तरतर्फ तीनधारे चारधारे पीपलथोक जर्नेली धारा, पाटीकुटी रिप हुँदै तल्लोकोटको सिमाना पदेलथोकसम्म निर्धारण थियो । यी सिमानाभित्रको बन्देज खारेज गरिएको बताइएको छ । 

पुरातत्व विभागका महानिर्देशक दाहालका अनुसार बन्देज फुकुवा गरिएका क्षेत्रमा विभागले तोकेको मापदण्डअनुसार घर निर्माण गरे पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिनेछ । मौलिक प्रकारका घर बनाउन पुरातत्वले स्थानीयवासीलाई आग्रह गरेको छ । 

पुरातत्व विभागका उपसचिव दामोदर गौतमले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सम्भाव्य तोकिएका क्षेत्रमा गोरखा दरबार, तल्लो दरबार परेको भन्दै मौलिकता, वास्तुकला झल्कने घर निर्माण हुनुपर्नेमा जोड दिनुभयो । 

गोरखा नगरपालिकाका कार्यकारी अधिकृत जीवन आलेमगरले पुरातत्वबाट दरबार क्षेत्रको बन्देज फुकुवा गरेको निर्णय प्राप्त भएकाले स्थानीयवासीले नक्सा पास गरी मापदण्डमा टेकेर नयाँ घर बनाउन सक्ने बताउनुभयो । बन्देज फुकुवा भएपछि विकासका पूर्वाधार खडा गर्न सहज हुने स्थानीयवासीले विश्वास गरेका छन् । दरबार क्षेत्र वरपरमा एक हजार ५०० घर नक्सापास बिनै बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने