2026-09-18 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

भेटी र दानबाट आठ करोड बराबरको विभिन्न पूर्वाधार निर्माण

कात्तिक ३०, म्याग्दी । भेटी र दानबाट सङ्कलित रकमको सही व्यवस्थापन र पारदर्शिता अपनाउन सकियो भने करोडौका पूर्वाधार निर्माण गर्न सहज हुने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ।

मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ साल पछि भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको रकम र तीर्थयात्रीले दिएको दानबाट सङ्कलित आठ करोड रुपैयाँको लागतमा विभिन्न भवनका साथै बाटो निर्माणमा टेवा पुगेको छ ।

सो रकमबाट गलेश्वरमा धर्मशाला, बाटिका, यज्ञशाला, पाठशाला, कालीगण्डकीसम्म पुग्ने मार्गलगायतका काम सम्पन्न भएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए।

छ वर्ष अगाडिसम्म गलेश्वर मन्दिरमा वार्षिक करिव ८० हजार रुपैयाँ भेटी सार्वजनिक हुन्थ्यो। मन्दिर प्रवेश गरेका भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालीग्राम, कुण्डलगायतका क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी साम्रगीको कुनै लेखाजोखा थिएन।

विसं ०५७ देखि ६७ सम्म मन्दिर व्यवस्थापन समितिको खातामा मन्दिरको आम्दानी भेटी ३१ लाख बराबर थियो।

विसं २०६७ मा समाजसेवी रुद्रबहादुर कार्कीको अध्यक्षतामा बनेको नयाँ समितिले भेटी व्यवस्थापनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाएको ६ वर्षको अन्तरालमा मन्दिरमा करोडौंका पूर्वाधार थपिएको हो।

‘अस्तव्यस्त अवस्थामा मैले जिम्मेबारी सम्हालेको थिएँ। भेटी व्यवस्थापन गर्न केहीवर्ष धेरै मेहनत गर्नुप¥यो’ कार्कीले भने। भेटी व्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेका छन्। मन्दिरका तीन पुजारीमध्ये मुख्य पुजारीलाई १५ हजार, सहायकलाई १० हजार र सहयोगीलाई चार हजार तलबसहित खाने–बस्ने व्यवस्था गरिएको छ।

मन्दिर स्थापनादेखि ०६७ सालसम्म मूल मन्दिरमा भक्तजनले चढाएको सुनदेखि नगदसम्म पुजारीको पहुँच, मन्दिर बाहिर रहेका साना मन्दिर, जलवराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा, आसपासका क्षेत्रमा रहेका शालिग्रामसहित हिन्दू धर्मालम्बीले पूजाआजा गर्ने ठाउँमा चढाइएको भेटीमा पुजारीदेखी सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेका थिए।

अहिलेसम्म भेटी, महायज्ञ र चन्दाबाट ८ करोड रुपैयाँको पूर्वाधार थपिएको छ। गत साउन महिनामा मात्रै १३ लाख भेटी सङ्कलन भएको थियो।

साउने सोमबार र शिवरात्रिका बेला लाखौँ भेटी सङ्कलन हुने गरेको छ। मन्दिरमा भेटी हिनामिना हुने सम्भावनालाई मध्यनजर गर्दै कोषले मूल मन्दिरसहित वरपरका क्षेत्रमा सिसी क्यामेरा समेत जडान गरेको छ। कृष्णगण्डकीदेखि नौ रोपनी क्षेत्रफल चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशीलाको उत्तरपूर्वी कोणमा निर्मित मन्दिरभित्र विराजमान भएकाज्योतिर्लिङ्गेश्वर महादेव उत्पत्ति भएको धार्मिक विश्वास छ।

यसैबीच गलेश्वरलाई नेपालमा एकपटक घुम्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रूपमा प्रचारप्रसारको तयारी समेत भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई