कात्तिक ३०, काठमाडौँ । सुनको भाउ मंगलबार ५ सय रुपैयाँ महँगो भएको छ । सोमबार सुनको मूल्य प्रतितोला ५५ हजारमा कारोबार भएको थियो ।
मंगलबार भने सुन ५ सयले बढेर प्रतितोला ५५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ८ सय रुपैयाँ कायम भएको छ ।