2026-10-17 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई

2026-06-17

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुमवासीहरूलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुमवासीहरूले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनले उनीहरूलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

अध्यक्ष राईले सुुकुम्बासीहरूले आफूहरू पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष राईको भनाइ थियो ।‘प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ । र उहाँले आफनो कर्तव्यबोध गरेर संसदमा आएर हाम्रो केही प्रश्नहरूका उत्तर पनि दिनुहुनेछ । अर्को कुरा उहाँकै निर्देशनमा भन्ने हामीलाई जानकारी छ । सुकुमवासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघरबार बनाउनु भयो । बेहाल स्थिति छ,’ उनले भने ।

उनले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरूको विोध संसदमा जारी रहने पनि स्पष्ट पारे ।‘अहिले कीर्तिपुरलगायतका राखिएका होल्डिङ सेन्टरहरूमा खाना, पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुुनुहुन्छ पक्कै पनि । मैले उहाँहरूले आन्दोलन गरिरहेका दृश्य हामीले देखिरहेका छौं । त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण होस् । राहत दिने ठाउँमा राहत र व्यवस्थित गर्नुपर्ने ठाउँमा व्यवस्थित लाग्नुपर्दछ,’ सांसद राईले भने, ‘यसपालीको बजेटमा शहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुटिएको देखिन्छ । त्यहाँबाट हुन्छ वा कसरी हुन्छ । पुनर्वासको व्यवस्था होस । र मेरो माग के छ भने उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यही एउटा राम्रो सिटी प्लान गरेर पुनर्वास गराउँदा सरकारको नै वाइवाइ हुने थियो ।’

अध्यक्ष राईले सहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्बासीहरूको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु