2026-06-17 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल

2026-06-17

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताएका छन् । निगम दुर्गतिमा फसेको उल्लेख गर्दै उनले त्यसलाई उकास्नका लागि सरकारले संरचनागत रूपमा नै आमूल सुधार गर्नका लागि राष्ट्रिय बहसमार्फत उपयुक्त मोडलको खोजी गरिरहेको स्पष्ट पारे ।

बुधवार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले निगम पखेटा घाइते भएका चराजस्तो भएको उल्लेख गर्दै त्यसलाई सुधारको बाटोमा अघि बढाउनका लागि सरकार प्रयासरत रहेको बताए । उनले भने- ‘नेपाल वायु सेवा निगमको विषयमा पनि सुन्दर कुरा उठाइएको छ । त्यहाँको समस्या बजेटले सम्बोधन गर्ने विषय होइन । तर हामीले नियमन र अनुगमन भने गर्दछौँ । हामीले चुनाव भन्दा अगाडि पनि र चुनाव भन्दा पछाडि पनि र सरकार गठन भएपछि पनि, सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन गरेको विषय के हो भने नेपाल वायु सेवा निगमको अब सुदृढीकरण गर्नु पर्दछ । एउटा राष्ट्रिय ध्वजावाहकको दुर्गति हुँदै गइरहेको छ । ६५ अर्ब भन्दा बढीको ऋण छ । वर्षैपिच्छे २ अर्बभन्दा बढी ऋण थपिएको थपिएको नै छ । र एकदम दुरावस्थामा गइरहेको छ । जहाँ बेथितिको भँगालो छ । सबैबाट पार पाउनका लागि हामीले एउटा रणनीतिक रुपमा काम गरिरहेका छौँ ।’

उनले थप भने- ‘यसलाई कुन मोडलमा लैजान उपयुक्त हुन्छ ? पीपीपी मोडलमा लैजाँदा उपयुक्त हुन्छ कि, अरू कुनै मोडलमा लैजाँदा उपयुक्त हुन्छ कि भनेर हामीले राष्ट्रिय बहसमा लैजाने र उपयुक्त मोडल अपनाएर यसको पुनर्ताजगी गर्ने पुनर्जीवन दिने र त्यसबाटै मात्रै पर्यटनको दिगो विकास सम्भावना हुनसक्छ । पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ । त्यसको उन्नतिको लागि, प्रयोगको लागि त्यसको आमूल संरचनागत सुधारको लागि नीतिगत सुधार नै गर्ने र त्यसलाई निजी क्षेत्रको सहभागितासहित त्यसलाई उकास्ने मोडलमा हामीले जाने प्रयास गरिरहेको निवेदन गर्दछु ।’

मन्त्री पौडेलले सरकारले निजी क्षेत्रसहितको सहभागितामा नेपाल वायुसेवा निगमलाई उकास्ने गरी योजना तर्जुमा गर्ने कामलाई अघि बढाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य