मङ्सिर ५, काठमाडौँ | अब कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा राजदूतहरूको नियुक्ति हुनेछ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तिमा चासो राखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, काठमाडौँ | अब कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा राजदूतहरूको नियुक्ति हुनेछ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तिमा चासो राखि"/>
2026-06-19 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजदूतको चर्चामा को–को छन् ?

मङ्सिर ५, काठमाडौँ | अब कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा राजदूतहरूको नियुक्ति हुनेछ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तिमा चासो राखिसकेका छन् भने प्रधानमन्त्री प्रचण्डले पनि नियुक्ति प्रक्रिया थाल्ने बताएका छन् । 

 सम्भावित राजदूतका लागि कांग्रेसबाट करिब डेढ दर्जन व्यक्ति चर्चामा छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नवीनप्रकाशजंग शाह, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई, तत्कालीन राष्ट्रपतिका सल्लाहकार डा. हरि शर्मा, पूर्वसचिव कृष्ण ज्ञवाली, नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द र बालानन्द शर्मा, पूर्वराजदूत डा. शम्भुराम सिंखडाको नाम चर्चामा छ।

 कांग्रेस स्रोतका अनुसार पूर्वमहान्यायाधिवक्ता महादेव यादव, नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल, सुरक्षा मामिला जानकार डा. इन्द्र अधिकारी, गेजा शर्मा वाग्ले, वरिष्ठ पत्रकार वन्दना राणा र अच्युत वाग्ले पनि चर्चामा छन् । माओवादी केन्द्रबाट यसअघि सिफारिसमा परेकाहरूको नाम चर्चामा छ ।

 पदम सुन्दास, महेन्द्रबहादुर सिंह, लक्की शेर्पा, युवनाथ लम्साल यसअघिको सिफारिसमा समेत परेका थिए । यसपटक डा. ऋषि अधिकारी, प्रमोदराज काफ्ले, देवीराम शर्मा, भीम उदासलगायतको नाम पनि चर्चामा छ ।

श्रीलंका, जापान, इजरायल, साउदी अरब, कतार, अस्ट्रेलिया, डेनमार्क, बहराइन, म्यानमार, बंगलादेश, युएई र ओमन।

यी हुन् राजदूत सिफारिस भएर पनि बन्न नसकेका ओली सरकारले एमाले कोटाबाट युवराज कार्की (दक्षिण कोरिया), नारदनाथ भारद्वाज वाग्ले (श्रीलंका), डा. खड्ग केसी (जापान), शिवमाया तुम्बाहाम्फे (इजरायल), अली अख्तर मिगरानी (साउदी अरब) लाई राजदूतमा सिफारिस गरेको थियो । यस्तै, माओवादी केन्द्रबाट डा. महेन्द्रबहादुर सिंह (कतार), लक्की शेर्पा (अस्ट्रेलिया), युवनाथ लम्साल (डेनमार्क), पदम सुन्दास (बहराइन), राप्रपा नेपालको कोटामा निरञ्जन थापा (म्यानमार), खगेन्द्र बस्नेत (बंगलादेश), भरतबहादुर रायमाझी (युएई) तथा फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुली (ओमन) सिफारिसमा थिए । सरकारले उनीहरू सबैको नाम २१ साउनमा फिर्ता लिएको थियो ।

अघिल्लो सरकारले चीनका लागि एमाले नेता महेन्द्रबहादुर पाण्डेसमेत गरी १४ मुलुकका लागि राजदूतमा संसदीय सुनुवाइ विशेष समितिमा उनीहरूको नाम सिफारिस गरिसकेको थियो । तर, १९ साउनमा नयाँ सरकार गठन भएपछि राजनीतिक नियुक्तिमा परेकाहरूको नाम फिर्ता लिइएको थियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ७ वैशाखमा २१ जना र त्यसको केहीपछि ओमनका लागि एक गरी २२ राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

यीमध्ये परराष्ट्र मन्त्रालयका आठ सहसचिव र बाँकी राजनीतिक भागबन्डाका आधारमा सिफारिस भएका थिए । सोअनुसार एमालेको कोटामा ६, माओवादी केन्द्रका चार, राप्रपा नेपालका तीन र फोरम लोकतान्त्रिकका एकजना सिफारिसमा परेका थिए । – आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै