2026-07-09 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय तालिम आजदेखि राजधानीमा सुरु

मङ्सिर ६, काठमाडौँ  अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि संस्कृतिकर्मीको क्षमता अभिवृद्धि सुरु भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले युनेस्कोको एसिया प्रशान्त क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय तालिम केन्द्रको सहयोगमा आयोजना गरेको पाँचदिने तालिम आजदेखि राजधानीमा सुरु भएको हो । 

वर्तमान पुस्तामा अमूर्त सम्पदाको जीवन्तता हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ । अमूर्त सम्पदाको संरक्षणमा अपनाइँदै आएको पद्धति द्रुततर विकास, प्राकृतिक विपत्तिको खतरा र विश्वव्यापीकरणका कारण प्रभाव पर्न थालेकाले कार्यशाला आयोजना गर्नुपरेको सो अवसरमा जानकारी गराइयो । 

कार्यशालाले समुदायमा आधारित संरक्षण विधि निर्माणका लागि ज्ञान तथा सीपको आदानप्रदान गर्ने लक्ष्य लिएको मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले जानकारी दिनुभयो । 

कार्यक्रमको उद्घाटन गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले अमूर्त सांस्कृतिक सम्पदालाई बिर्सिए नेपालको संस्कृति नै खतरामा पर्ने बताउनुभयो । “अमूर्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण भएको छैन, यससम्बन्धी साहित्य रचना गरेर संरक्षण गरिनुपर्छ, अन्य देशको अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी गतिविधि थाहा पाउन पनि कार्यशालाले सहयोग गर्नेछ” – उहाँले भन्नुभयो । 

कार्यक्रममा केन्द्रका उपमहानिर्देशक झाङ जिङ, अमूर्त सांस्कृतिक सम्पदाका अन्तर्राष्ट्रिय स्रोत व्यक्ति शुभ चौधरी, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)का नेपाल प्रतिनिधि क्रिश्चियन म्यानहर्टले नेपालको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि सन् २०१२ मा जापान सरकारको आर्थिक सहयोगमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि युनेस्को महासन्धि, २००३ को कार्यान्वयन, सन् २०१३ जनवरीमा समुदायमा आधारित अमूर्त सांस्कृतिक सम्पदाको पहिचान तथा विवरण सूचीकरण र सन् २०१३ सेप्टेम्बरमा महासन्धिका लागि मनोनयनको तयारी शीर्षकमा कार्यशाला गरिएको सो अवसरमा जानकारी गराइयो । 

पाँचदिने कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा आबद्ध ३५ जना सरकारी एवम् गैरसरकारी प्रतिनिधिको सहभागिता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो