मङ्सिर ७, काठमाडौं । संविधान संशोधनको एजेन्डामा ‘निर्णायक’ छलफलका लागि डाकिएको प्रमुख तीन दलको शीर्ष बैठक द्वन्द्व बढाउने गरी चर्काचर्कीकै बीच विनानिष्कर्ष टुंगिएको "/> Sajhasabal मङ्सिर ७, काठमाडौं । संविधान संशोधनको एजेन्डामा ‘निर्णायक’ छलफलका लागि डाकिएको प्रमुख तीन दलको शीर्ष बैठक द्वन्द्व बढाउने गरी चर्काचर्कीकै बीच विनानिष्कर्ष टुंगिएको "/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटार शीर्ष बैठकमा कसरी भयो विवाद ?

७ मंसिर २०७३, मंगलवार ०२:४३

मङ्सिर ७, काठमाडौं । संविधान संशोधनको एजेन्डामा ‘निर्णायक’ छलफलका लागि डाकिएको प्रमुख तीन दलको शीर्ष बैठक द्वन्द्व बढाउने गरी चर्काचर्कीकै बीच विनानिष्कर्ष टुंगिएको छ । प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउने उद्देश्यसहित सत्तारुढ दलका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजना गरेको बैठक झन् द्वन्द्व चर्काउँदै टुंगिएको हो ।  

कांग्रेस–एमालेको ९ बुँदे मानेर अघि बढौँ : प्रधानमन्त्री प्रचण्ड

हामीले ०७४ माघ ७ भित्रै संविधान कार्यान्वयन गरेर जानुपर्ने चुनौतीपूर्ण अवस्था छ । संविधान कार्यान्वयनका लागि पनि संशोधन जरुरी छ । सरकारले चारवटा विषयमा संविधान संशोधन गर्ने गरी प्रस्ताव तयार पारेको छ । 

राष्ट्रिय सभामा निश्चित संख्या निर्धारण गरी अन्य जनसंख्याका आधारमा प्रतिनिधित्व, नागरिकता, भाषा र सीमांकनबारे संविधान संशोधन गर्ने सरकारको तयारी छ । सीमांकनमा तपाईंहरू कांग्रेस–एमालेले विगतमा हस्ताक्षर गरेर अगाडि सार्नुभएको ९ बुँदे प्रस्तावकै सेरोफेरोमा रहेर सीमांकन विवाद मिलाऔँ । नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाएर जाऔँ । पहाडी जिल्लालाई पहाडी जिल्लातिरै मिलाऔँ ।

माओवादीले मान्यो, कुरा सक्यो : कांग्रेस सभापति देउवा

प्रधानमन्त्रीजीले जे प्रस्ताव राख्नुभएको हो, यसमा हामी एमाले–कांग्रेसले विगतमा सहमति गरेकै हौँ, त्यसवेला बरु यो प्रस्तावमा माओवादीकै असहमति थियो, उहाँहरूले बखेडा पनि झिक्नुभएको थियो । अहिले त्यही प्रस्तावमा माओवादी पनि सहमतिमा आएको वेला ठीकै छ, त्यसै गरेर जाऔँ ।

त्यस्तो प्रस्ताव बिर्सेर पनि नल्याउनु : एमाले अध्यक्ष ओली

सरकारले ल्याउन लागेको संविधान संशोधनको यस्तो प्रस्तावले मुलुक विखण्डनतर्फ जान्छ । राष्ट्रियताको हिसाबले पनि यस्तो प्रस्ताव कुनै हालतमा एमालेलाई स्वीकार्य हुँदैन । यसमा हामी कुनै पनि हालतमा साथ दिन सक्दैनौँ । 

एमालेको सहमतिविना आउने संशोधन प्रस्तावको कुनै तुक छैन, हामी त परै जाऔँ, स्वयं मधेसी मोर्चाका नेताहरूले पनि यो चारबुँदे प्रस्ताव मान्य छैन भन्नुभएको छ, अनि कसका लागि यो प्रस्ताव ल्याइँदै छ ? मैले त बुझेको छैन । तपार्इंहरू पनि यस्तो संशोधन प्रस्ताव बिर्सेर पनि दर्ता नगर्नुहोस् । दर्ता गर्नुभयो भने रचनात्मक प्रतिपक्षको भूमिका के हुन्छ, हामी त्यही गर्न बाध्य हुन्छौँ ।

एमालेमा अहंकार धेरै छ : प्रधानमन्त्री प्रचण्ड

 एमालेलाई हामीबाहेक कुनै दल छैन, हामीले जे गर्छौँ त्यही हुन्छ भन्ने मात्र अहंकार छ । पहिले कांग्रेस र एमालेले ल्याएको प्रस्ताव हामीले मान्दा एमाले त्योभन्दा पछि किन हट्ने ? त्यस्तो अहंकार नदेखाउनुहोस् । आजको ओलीजीको कुरा सुन्दा एमाले आफ्नो पूर्ववत् सहमतिबाट पछि हटेको देखिन पुगेको छ । हामी आश्चर्यमा छौँ । तैपनि हामी भन्छौँ– मुख्य तीन दल सहमतिका आधारमै अगाडि बढौँ । तर, तपाईंहरू नमान्ने भए असहमतिका बीच पनि संशोधनको प्रक्रिया अगाडि बढाउनैपर्ने हुन्छ । हामी त्यहीअनुसार अगाडि जान्छौँ ।

हामी मात्र होइन, मधेसी मोर्चासमेत विरोधमा छ : ओली

हामीले कसरी अहंकार पालेको हुन्छ ? स्वयं मधेसी मोर्चाका साथीहरूले चारबुँदे संशोधन प्रस्ताव कुनै हालतमा मान्दैनौँ भनेका छन् । यसअघि पनि संशोधन प्रस्ताव दर्ता भएकै हो तर उनीहरूले मानेर आए त ? त्यसकारण पनि हामी संशोधन प्रस्तावमा समर्थन गर्न सक्दैनौँ । हाम्रो पार्टीको निर्णय पनि औचित्यहीन संशोधनको प्रस्तावमा समर्थन नगर्ने भन्ने छ । हामी संशोधन प्रस्तावमा समर्थन गर्दैनौँ मात्र होइन, तपाईंहरूलाई पनि संशोधन प्रस्ताव दर्ता नगर्न भन्छौँ । 

संविधानमा के छ कसैले हेरेको छ ? : एमाले उपाध्यक्ष वामदेव गौतम

 संविधान संशोधन गर्न संवैधानिक रूपमै मिल्ने अवस्था अहिले छैन । तर, हामी संवैधानिक व्यवस्था हेर्दै नहेरी संशोधनको कुरा मात्रै गरिरहेका छौँ । सीमांकन हेरफेर गर्न प्रदेश सभाको सहमति चाहिने संविधानको धारा २७४ मा व्यवस्था छ । तर, अहिले खोइ कहाँ छ प्रदेश सभा?

फराकिलो बनाएरै जानुपर्छ : प्रधानमन्त्री

अझै पनि मुख्य तीन दल सहमतिमा नआईकन संविधान कार्यान्वयन हुने अवस्था छैन । संविधान संशोधन गरेर सबै पक्षलाई समेटेर फराकिलो बनाउने गरी हामी जानुपर्छ । यसमा हामी सबै पक्षले आफ्नो गोरुको बाह्रै टक्का गर्नुको साटो अझै छलफल गरौँ । सहमतिको प्रयासबाटै संविधान संशोधन गरेर कार्यान्वयनको दिशामा जाऔँ ।

यही प्रस्तावमा आइन्दा छलफलमा नबोलाउँदा हुन्छ :ओली

तपाईंहरूको यही प्रस्ताव हो भने सहमति हुँदैन । हाम्रो पार्टीको स्थायी समितिले राष्ट्र विखण्डन गर्ने विखण्डनकारी प्रस्तावमा सहमत हुन नसक्ने निर्णय गरेको छ । अरू केही विषय छन् भने छलफल गरौँ, तर संशोधनकै यही प्रस्तावका लागि आइन्दा छलफलमा नबोलाउँदा पनि हुन्छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने