2026-09-11 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले

काठमाडौँ | नेकपा एमाले गोदावरी नगर कमिटी अत्तरिया, कैलालीका ४६ जनाले दिए सामूहिक राजीनामा दिएका छन्। यही पुस ११ गतेदेखि लागू हुने गरी ४३ जना नेता तथा कार्यकर्ताहरूले राजीनामा दिएका हुन्।

उनीहरूले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको बताउँदै उनीहरूले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको उल्लेख गरेका छन्।

नेकपापछि एमालेमै रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको समेत उल्लेख गरेका छन् । ‘यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।

पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। सो पश्चात् ४६ जना नेता तथा कार्यकर्ताहरूले पुस ११ गते सामूहिक राजीनामा दिनुले रावल समर्थक रहेको बुझ्न सकिन्छ।

उनीहरूले राजीनामा दिँदै भनेका छन्,

‘तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनेपछि म लगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेका थियौँ । एकता मुख्य नेताहरूको आपसी लँडाईको कारणले टिक्न सकेन्। त्यो बेला हामी माओवादी स्कुलिङबाट नेकपामा रहेका यहाँका अधिकांश कमरेडहरु तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली को लाइनलाई समर्थन गर्यो। उहाँको बचाउ र पक्षमा सडक सम्म बहस मात्रै होइन कि अदालतले एमाले र माओवादी अलग- अलग बनाइदिएपछि पनि हामी एमाले मै बस्यौं। यद्यपि अहिले को एमाले नेकपा को नै निरन्तरता हो भन्ने हाम्रो बुझाइ हो। तर यहाँ भित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पुर्ब माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्व कै विरुद्ध तलै सम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो। तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई हामी कसैले पनि इन्कार गर्न सक्दैनौं। अहिले को गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएका हुन्। अहिले को एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने नीति भएपनी त्यसको विरुद्ध मुख्य नेतृत्व खासगरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामिले बसिरहनु आवश्यक ठानेका छैनौं। त्यसैले आज कै मितिदेखि हामी तपसिलका कमरेडहरुले नेकपा एमाले परित्याग गर्ने निर्णय गरेका छौं।’

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस