मङ्सिर ७, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सम्हालेका मन्त्रालयमा मन्त्री र सचिवालयबीच नै तालमेल हुन नसकी सबै काम निष्प्रभावी बनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ७, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सम्हालेका मन्त्रालयमा मन्त्री र सचिवालयबीच नै तालमेल हुन नसकी सबै काम निष्प्रभावी बनेक"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै सचिवालयसँग तालमेल गर्दैनन् माओवादी मन्त्री

८ मंसिर २०७३, बुधबार ०१:५१


मङ्सिर ८, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सम्हालेका मन्त्रालयमा मन्त्री र सचिवालयबीच नै तालमेल हुन नसकी सबै काम निष्प्रभावी बनेका छन् । मन्त्री आफैंले नातागोता छानेर सचिवालयमा नियुक्त गरेपछि काम प्रभावित बनेका हुन् ।

मन्त्रीले आफैंले रुचाएर नियुक्त गरेका सचिवालयका सहयोगीहरूसँग योजना तथा नीतिका विषयमा आवश्यक समन्वय, छलफल तथा समीक्षा नगर्दा मन्त्री एकातिर र सचिवालय अर्कातर्फ बनेको छ । अझ, राज्यमन्त्रीसमेत भएको मन्त्रालयमा त आपसी तालमेल अभाव र योजनाबद्ध रूपमा काम गरौं भन्ने भावनासमेत हराएको माओवादी केन्द्रका एक नेताको भनाइ छ । आपसी टसल, आर्थिक मुद्दामा केन्द्रित र कुनै ठोस कार्यतालिका नहुँदा मन्त्री, राज्यमन्त्री र सचिवालय छुट्टाछुट्टै निकायजस्तो देखिन थालेका हुन् ।

माओवादीकै केही नेताले विभिन्न मन्त्रालयका सचिवालयसमेत ज्ञान र सीप भएको भन्दा पहुँच र प्रभावका आधारमा छनोट गर्दा त्यसले पनि सरकारको काममा समस्या ल्याएको तथ्य खोलेका छन् । 

सरकार गठन भएको सय दिन कटिसक्दासमेत विभिन्न मन्त्रालयबाट नतिजा देखिने गरी कार्य सम्पादन नभएपछि केही साताअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना मन्त्रीहरूलाई बोलाएर काम किन नभएको भनेर प्रश्न गरेका थिए । ‘तपाईंहरू नै मन्त्री बन्नुभएका मन्त्रालय र मन्त्रीको काम–कारबाही कहीँकतै सुनिँदैन, देखिँदैन त ?’ पार्टीका मन्त्रीलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले प्रश्न गरेका थिए ।

सो क्रममा मन्त्रीहरूले आफ्नो सचिवालयसँगको आपसी तालमेल अझै हुन नसकेको भन्दै नतिजा आउने गरी काम गरिरहेको भनेर छलफलमा आफ्नो बचाउ गरेका थिए । प्रधानमन्त्री दाहालले सोही क्रममा आफ्नो पार्टीका मन्त्रीहरूलाई सचिवालयसँग आवश्यक समन्वय गरेर तत्काल नतिजा आउने गरी काम गर्न निर्देशनसमेत दिएका थिए । प्र

धानमन्त्री दाहालले मन्त्रीहरूलाई सचिवालयसँग आवश्यक समन्वय गरेर काम गर्न निर्देशन दिए पनि अहिलेसम्म सुधार भने भएको छैन । कतिपयमा माओवादी मन्त्री तथा सचिवालयका पदाधिकारीहरू नै आवश्यक नीति निर्माण तथा ऐननियम बनाउने काममा खटेर लाग्नुपर्नेमा अनावश्यक काममा बढी ध्यान दिने गरेको समेत आरोप लाग्न थालेको छ । उनीहरूको ध्यान आर्थिकतर्फ केन्द्रित हुन थालेको हो ।

माओवादी केन्द्रीय कार्यालय सदस्य लोकेन्द्र विष्ट मगरले सरकारको नेतृत्वसँग मन्त्रीको समन्वय, मन्त्री र कर्मचारी र सिंगो सरकार जनताबिचको सम्बन्ध राख्न नसके त्यसले अर्थ नराख्ने भन्दै अहिले विभिन्न मन्त्रालयको कार्यसम्पादनमा पनि यीनै तीन विषयमा प्रश्न उठिरहेको बताए । 

‘सिंगो सरकार र जनताबीचको कोअर्डिनेसन के छ भन्ने विषय पनि प्रमुख हो, तर यो अझै स्पष्ट भइसकेको छैन,’ उनले भने, ‘मन्त्रीहरूले आवश्यक फिडब्याक पनि लिन सक्नुपर्छ, जनताका, विज्ञका, कार्यकर्ताहरूका । तर, त्यस्तो भएजस्तो देखिन्न ।’ आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू