2026-09-24 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ वर्षमा ३६ लाख कमाउने मौका मलेसियाको लोभले यसरि खायो

मङ्सिर ८, सर्लाही । ‘मेरो केही नभए पनि महिनाको ५० हजार रुपैयाँको दरले ६ वर्षमा ३६ लाख रुपैयाँ कमाउने मौका हात बाट उम्कियो । के गर्नु समयले कसैलाई पर्खंदैन ।’ लक्ष्मीपुर कोद्रा-७ का एसुल मन्सुरको पछुतो हो यो । 

६ वर्ष अघिको कुरा । एसुल मन्सुर नेपालमा दिनको १५ सयदेखि २ हजार रुपैयाँ कमाउनुहुन्थ्यो सिरक डसना सिलाएर । पाँच रुपैयाँको सियो अनि बीस रुपैयाँको धागो । एउटा सिरक बनाउँदा आधा टोटा धागो लाथ्यो । यसरी हेर्दा पैसाको लगानी जम्मा पन्ध्र रुपैयाँ मात्रै तर कमाइ भने मनग्गे ।

 दिनभरीमा उहाँ तीनदेखि चार वटासम्म सिरक डसना बनाउनुहुन्थ्यो । त्यसैले दिनको १५ सयदेखि २ हजार रुपैयाँ त कतै जाँदैनथ्यो । तर अर्काको लहैलहैमा लाग्दा उहाँको दिनको २ हजार रुपैयाँको कमाइ मात्रै गुमेन ६ वर्ष डेढ लाख रुपैयाँ मात्र कमाई भयो । 

सिरक डसना बनाउने काम चलिरहेकै बेला छिमेकी गाउँका रहमत मन्सुरले एसुललाई विदेश जान उक्साए । भने ‘धैट यस्तो लक्का जवान भएर के धुलो खाने काम गर्दछस् गाउँगाउँ चहारेर, जति दुःख गरेपनि नेपालमा पैसा बच्दैन ।’ नेपालमा काम गर्दा पैसा नबच्ने भन्दै रहमतले परिवार विरामी हुँदा ऋण खोज्नुपर्ने अवस्था अन्त्य गर्न विदेश जान लोभ देखाए । उनले जाने भए राम्रो कमाइ हुने ठाउँको माग एउटा मात्रै बाँकी रहेको भन्दै छिट्टै निर्णय दिन पनि हतार लगाए । 

रहमतको कुराले एसुल लोभिनुभयो । हुन पनि त्यति बेला दिनको दुई हजार कमाउँदा पनि पैसा बच्दैनथ्यो । रहमतले भने जसरी परिवारका कोहि विरामी भयो भने ऋण खोज्नु पर्ने नै अवस्था थियो । त्यसैले उहाँले अरु केही सोच्न छोडेर सयकडा ५ रुपैयाँका दरले ९२ हजार रुपैयाँ ऋण लिनुभयो र रहमतलाई बुझाउनुभयो । पैसा बुझाएको एक महिनापछि उहाँ मलेसिया उड्नुभयो । एसुलले मलेसियामा सुपर एसिया नाम गरेको कम्पनीमा काम पाउनुभयो । 

तलब थियो महिनाको ५ सय ४६ रुपैयाँ । सुरुको ६ महिना ओभरटाईम पनि पाएकोले उहाँले जाँदा लागेको ऋण चुक्ता गर्नुभयो । ६ महिनापछि कम्पनीले कहिले काम दिने कहिले नदिने गर्न थाल्यो । नियमित काम नपाएपछि कम्पनीले नियमित रुपमा पैसा पनि दिन छोड्यो । तीन वर्ष यसरी नै बित्यो । तीन वर्षपछि कम्पनीले तलब बढाएर बेसिक एक हजार रुपैयाँ बनाइदियो । लेबी १ सय ८७ रुपैयाँ अनि कोठा भाडाको ५० रुपैयाँ त्यसैबाट काट्ने गरी । 

तीन वर्षमा ऋण तिर्न बाहेक अरु केही गर्न नसकेपछि एसुलले घर फर्किन खोज्नुभयो । तर कम्पनीले फर्किन दिएन । ‘पासपोर्ट कम्पनीसँगै हुने भएकाले मैले चाहँदा चाहँदै पनि फर्कन सकिन’ एसुल भन्नुहुन्छ । अरु तीन वर्ष बस्न बाध्य भएकाले एसुलले थप तीन वर्षमा जम्मा एक लाख रुपैयाँ घर पठाउनुभयो । 

नियमित तलब नपाउँदा गुनासो गर्ने वातावरण थिएन भन्नुहुन्छ एसुल । तलब माग्ने रौतहटका दुई जनालाई कम्पनीले प्रहरी लगाएर थुनेपछि उहाँले कम्पनिसँग तलब माग्ने आँट नै गर्न सक्नुभएन । ‘ज्यान भन्दा ठूलो पैसा होइन के गर्नु’ एसुल भन्नुहुन्छ ।  

अब पहिलाकै काम र कमाइ गर्ने अठोट

कमाइ गर्न सक्ने ६ वर्ष खेर गएको निष्कर्षमा पुगेका एसुल सिरक र डसना सिलाउने पुरानै कामलाई नै निरन्तरता दिने निष्कर्षसहित घर फर्किनुभएको छ । उहाँ फर्किएको १० दिन मात्रै भएको छ । 

यो दश दिनमा उहाँलाई लागेको छ,‘विदेश जानु भन्दा अगाडि नै नेपालमा हुने आम्दानी र विदेशमा हुने आम्दानीको हिसाब गरेको भए मेरो ६ वर्ष त्यतिकै खेर जादैनथ्यो होला ।’

लहलहैमा लागेर विदेशिएका एसुलको प्लेनमा बस्दा जुन उमंग थियो उहाँ पुगेपछि सबै चकनाचुर भयो । उहाँ भन्नुहुन्छ, ‘मेरो केही नभए पनि महिनाको ५० हजार रुपैयाँको दरले ६ वर्षमा ३६ लाख रुपैयाँ कमाउने मौका हात बाट उम्कियो । के गर्नु समयले कसैलाई पर्खंदैन ।’ उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी